ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण

२५ कार्तिक २०८२, मंगलवार
२५ कार्तिक २०८२, मंगलवार

चन्द्रौटा, २४ कार्तिक ।

कपिलवस्तुको एक तालको सतहले सुनौलो बिहान थपिएको छ ।

वरिपरि हरियालीले घेरेको शान्त वातावरण रहेको स्थान बृजा ताल । त्यसैबिच तालको जल सतहमा पहिलो पटक स्टिमर बोटको गुञ्जन सुन्न र देख्न सकिन्छ – जसले बुद्धभूमि नगरपालिकाको पर्यटन यात्रामा नयाँ पाना पल्टाएको छ ।

बुद्धभुमि नगरपालिका वडा नम्बर–९, बरकुलपुरस्थित यो ऐतिहासिक मानव निर्मित ताल सन् २०१७ सालतिर सिँचाइका लागि निर्माण गरिएको थियो । तर आज यो केवल सिँचाइको स्रोत मात्र होइन, स्थानीयको गर्व, पहिचान र सम्भावनाको पर्यटकीय गन्तव्यको केन्द्र समेत बनेको छ ।

‘हरियाली सामुदायिक वन’ को पहलमा बृजा पार्कसहित संरक्षण कार्य सम्पन्न भएपछि यो तालमा पहिलो पटक स्टिमर सञ्चालन गरिएको हो ।

बुद्धभूमि नगरपालिका वडा नम्बर–९ का वडा अध्यक्ष प्रमोद आचार्यले बोटको रिबन काट्दै भने  “यो ताल केवल पानीको स्रोत होइन, हाम्रो पहिचान हो । स्टिमर सञ्चालनले पर्यटन, रोजगारी र स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा भर्नेछ ।” आफ्नै गाउँको तालमा स्टिमर घुमाउने सपना अब पुरा भएको स्थानीय विष्णु थारु बताउँछन् ।

बुद्धभूमि नगरपालिका–३ का वडा अध्यक्ष गोविन्द प्रसाद आचार्यले बृजा ताललाई दीर्घकालीन पर्यटन केन्द्रका रूपमा विकास गर्नका लागि नगरपालिकाको सहकार्य अपरिहार्य भएको बताए ।

“जब प्रकृति र विकास हातेमालो गर्छन्, त्यतिबेला यस्तो परियोजनाले दीर्घकालीन प्रभाव पार्छ” उनले भने ।  स्थानीयको उत्साह त्यत्तिकै उल्लेखनीय रहेको छ । बरकुलपुरका युवा सन्तोष थारू भन्छन्ः “अब बृजा ताल घुम्न आउने मानिसहरू बढ्नेछन् । यसले होटल, पसल र यातायातमा कामको अवसर ल्याउनेछ ।”

बृजा तालको संरक्षण र व्यवस्थापनको जिम्मा ‘हरियाली सामुदायिक वन उपभोक्ता समूह’ ले लिएको छ । वन उपभोक्ता समूहकी अध्यक्ष मिना थारूले ताल र पार्क क्षेत्रले गाउँमा नयाँ आर्थिक सम्भावना ल्याएको बताइन् ।

“यो ताल हाम्रो गर्व हो । अब यसलाई पर्यटनसँग जोडेर गाउँको विकासमा रूपान्तरण गर्ने हाम्रो लक्ष्य छ” उनले भनिन् । स्टिमर सञ्चालनसँगै यो क्षेत्रलाई व्यवस्थित घुम्ती स्थलका रूपमा विकास गर्ने तयारी भइरहेको ९ नम्बर वडा कार्यालयले जनाएको छ ।

स्टिमरको मधुर आवाजसँगै बृजा ताल अब केवल प्रकृतिको सुन्दरता होइन । परिवर्तनको प्रतीक बनेको छ । यहाँको हरियाली, चरा–चराको हव र तालमा परिवर्तित आकाश–यी सबैले आगन्तुकलाई केही बेर शान्तिको अनुभव गराउँछन् ।

स्थानीय वडाले आगामी दिनमा यहाँ घुम्ती स्थल, पिकनिक स्पट र रातो बल्ब बत्तीका सुविधा थप्ने तयारी गरेको छ । बृजा ताल अब बुद्धभूमिको नयाँ पहिचान बनेको छ । जहाँ पानीको छालसँगै विकास र आशाको लहर पनि सम्भावना उत्तिकै सञ्चिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?