Butwal Today

पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु

२४ कार्तिक २०८२, सोमबार
अ+
अ-

 काठमाडौं, २४ कात्तिक ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित पथलैया–निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाएको छ ।

आइतबार बेलुका देखी नै सो क्षेत्रमा हात्ती देखिएपछि पूर्व–पश्चिम राजमार्गमा यात्रु र वाहन चालकहरू आतंकित बनेका थिए ।

सोमबार बिहान ८ बजे ना४ख १८३० नम्बरको ट्रक चालक माथि जंगली हात्तीले आक्रमण गरेको छ । ट्रकबाट हामफालेर भाग्ने क्रममा ट्रक चालक, जितपुरसिमरा–१ का करिब ४० वर्षीय राजकुमार चौधरी, घटनास्थलमै मृत्यु भएका छन् ।

हात्तीले बेलुका देखी नै आतंक मच्चाएपछि प्रशासनले पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्ने गाडीहरूले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको थियो । तर केही चालकहरूले अनुरोध नमान्दा सोमबार बिहान यस्तो घटना घटेको बारा प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैया–निजगढ सडकखण्डको पिलुवा र निजगढ क्षेत्र बीच हात्तीले आतंक मच्चाएको हो ।

हात्तीलाई नियन्त्रणमा लिन बारा र चितवनबाट टोली परिचालन गरिएको छ । उक्त टोली परिचालन भएसँगै सोमबार १२:३० बजेपछि राजमार्गमा गाडी सञ्चालन सुरु भएको प्रहरीले जानकारी दिएको छ ।