ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला

२४ कार्तिक २०८२, सोमबार
२४ कार्तिक २०८२, सोमबार

बुटवल।

परामर्श व्यवसायको क्षेत्रमा नेपालको पहिलो बिटुबि कम्पनी युनि कन्सल्ट्यान्स अलायन्स (युसीए) ले लुम्बिनी प्रदेशको बुटवलमा शैक्षिक परामर्शदाता संस्थाहरुको भेला गरेको छ।

बुटवल, भैरहवा, खैरेनी र सुनवल क्षेत्रका करीब १ सय भन्दा बढी परामर्शदाता संस्थाका प्रतिनिधिहरुको सहभागितामा भएको भेलामा युसीएका अध्यक्ष रामशरण ढकालले संस्थाको बारेमा जानकारी गराउँदै विदेशका प्रतिष्ठित शैंक्षिक संस्था र विश्वविद्यालयहरुसँगको सहकार्यलाई मजबुत बनाउँदै साझेदारीका लागि पूलको काम गर्ने बताए।

उनले परामर्श व्यवसाय क्षेत्रलाई थप व्यवस्थित बनाउँदै सेवालाई स्तरीय बनाउनका लागि युसीएले काम गरिरहेको बताए। उनले विभिन्न देशका शैक्षिक संस्थाहरुसँग सहकार्य गर्नका लागि युसीएले सहज र सरल तरिकाले मध्यस्थकर्ता र सहजकर्ताका रुपमा काम गरिरहेको बताए।

कार्यक्रममा युसीएका चिफ अपरेशन अफिसर लिलाध्वज बस्नेतले परामर्श व्यवसाय क्षेत्रका चुनौती र अवसरहरुका बारेमा जानकारी गराउँदै कसरी सहजीकरण गर्ने भन्ने जानकारी गराएका थिए। युसीएका अन्तरराष्ट्रिय विभाग प्रमुख इश्वर घिमिरेले विदेशी संस्थाहरुसँगको सहकार्यलाई व्यवसायिक र विश्वसनीय बनाउनका लागि युसीएले सहजीकरण गर्ने बताए।

कार्यक्रममा युसीएका सञ्चालक तिलक पाण्डेले संस्थाको सेवा र सुविधाका बारेमा जानकारी गराएका थिए भने स्थानीय व्यवसायी टंक पन्थीलाई सहजीकरणका लागि विशेष धन्यवाद ज्ञापन गरेका थिए। उनले युसीएसँग सहकार्य गर्दा प्रभावकारी तरिकाले काम हुने बताउँदै ढुक्कसँग सहकार्य गर्न आग्रह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?