ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’

२४ कार्तिक २०८२, सोमबार
२४ कार्तिक २०८२, सोमबार

बुटवल, २४ कार्तिक ।

रोटरीको अन्तर्राष्ट्रिय सञ्जाललाई सामाजिक हितको काममा उपयोग गर्ने उपयुक्त माध्यम भएको एक कार्यक्रममा बोल्ने वक्ताहरूले दाबी गरेका छन् ।

रोटरी क्लब अफ बुटवल डाउन टाउनको डिष्ट्रिक गभर्नर अफिसर भिजिट तथा तेस्रो क्लब एसेम्बलीमा रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर बिनोद कोईरालाले विश्वभर फैलिएको संजालबाट सहकार्य गर्दै काम गर्न सकिने दाबी गरे ।

विश्वबाट नै पोलियो उन्मुलनमा रोटरीको महत्त्वपूर्ण योगदान रहेको भन्दै उनले समुदाय लक्षित धेरै कामहरूमा रोटरी सदस्यहरू लागेको बताए । क्लबबाट धेरै र उत्कृष्ट प्रोजेक्ट गरिरहँदा पनि त्यो कामको आरआईसंग जोड्न नसकेको उनले बताए ।

क्लबमा गोलको आधारमा यसवर्षदेखी आरआईबाट ‘एक्सलेन्स अवार्ड’ वितरण गरिने उनले बताए । व्यक्तिगत अनुभवलाई सामाजिक सञ्जालमा जानकारी दिन सके धेरै भन्दा धेरै जानकारी दिन सकिने उनले बताए ।

लुम्बिनीमा निमार्णधिन रोटरी गार्डेनलाई अघि बढाउनेतर्फ यहाँको क्लबको पहल जरुरी रहेको उनले बताए । पर्यटक भित्रने र प्रचार हुने रूपमा रहेको गार्डेनलाई सौन्दर्यीकरणमा जोड दिनुपर्ने उनले बताए । डिष्ट्रिकबाट वार्षिक बजेट विनियोजन भए पनि काम हुन नसकेको उनले दुखेसो गरे ।

कार्यक्रममा डिष्ट्रिक सचिव सुभाष सिगदेल, क्लबका एजी शिव गौडेल, क्लबका पूर्व अध्यक्ष पिताम्बर ज्ञवाली, सचिव केशव बस्यालले प्रत्येक क्लबहरु डिष्ट्रिक र आरआईमा जोड्ने विषयमा प्राविधिक पक्षमा ध्यान दिनुपर्ने बताए ।

अन्तर्राष्ट्रिय क्लबहरुको सम्बन्ध बढाएर एउटा प्लेटफर्मका रूपमा जोड्न सके त्यसबाट सहयोग जुट्ने दाबी समेत गरे । क्लबका अध्यक्ष बाबुराम बन्जाडेले यस क्षेत्रमा नै उदाहरणीय काम गर्दै आएको क्लबबाट कुशीनगरको रोटरीसंग सिस्टर क्लबमा जोड्ने तथा रोल्पाको एक विद्यालयमा अध्ययनरत २५० जना विद्यार्थीहरूलाई पोसाक र ब्याग वितरण गर्ने कार्यक्रम रहेको बताए ।

शतप्रतिशत पिएचएफ र रोटरी फण्डमा क्लबको योगदानलाई थप वृद्धि गर्ने प्रतिबद्धता जनाए ।  कार्यक्रममा सर्भिस योगेन्द्र पन्थि, मेम्बरसिप कमल ज्ञवाली, एडमिनिष्ट्रेसन कमल नेपाल, पब्लिक ईमेज प्रेमा केसी, टिआरएफ चेयर शङ्कर ज्ञवालीले आआफ्नो क्षेत्रको प्रगति विवरण पेस गरेका थिए ।

यसैबिच सांस्कृतिक पर्व जर्गेना गर्ने उद्देश्यका साथ आयोजना गरिएको देउसी भैलो कार्यक्रमबारे संयोजक धर्मदत्त ज्ञवालीले सामाजिक उत्तरदायित्व अन्तरगत मनोरञ्जन र आर्थिक सङ्कलन भएको बताए । तिहार लक्षित सांस्कृतिक कार्यक्रममा क्लबका सदस्यहरूबाट नै कला प्रस्तुत गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?