© २०२३
काठमाडौं, २४ कात्तिक ।
मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएका छन् । आगामी बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनी नेकपामा समाहित हुने तयारीमा रहेका हुन् ।
नेकपा एमालेबाट निष्कासनमा परेका नेता रावलले त्यसपछि मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका थिए । एमालेले पुराना नेताहरूलाई फर्कन समेत आह्वान गरेको थियो । तर रावल एमालेमा फर्किएका छैनन् ।
हिजो (आइतबार) उनले नेकपाका नेताहरूसँग वार्ता गरेका थिए । छलफल सकारात्मक भएको सहभागी नेताहरूले बताएका छन् । सोही अनुसार, आगामी बुधबार (कात्तिक २६) उनी ‘वृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत नेकपामा समाहित हुन लागेका छन् ।
उक्त कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।