Butwal Today

कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम

२४ कार्तिक २०८२, सोमबार
अ+
अ-

 काठमाडौं ।

उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति भएको छ ।

अहिलेसम्मको सहमतिअनुसार तत्कालका लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता गरिने भएको छ । चुनाव चिन्ह भने बिजुलीको चिम नै रहने छ ।

यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भए पनि आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नाम लिएर आयोगमा जाने निर्णय गरेको हो ।

अहिले तत्कालका लागि कोही पदाधिकारी नहुने र उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय कमिटी आउने भएको छ ।

कुलमान घिसिङ निकट एक नेताले भने, ‘सुमना जी, अरु केही पदाधिकारी साथीहरू दोस्रो चरणमा जोडिने छन् । अहिलेको लागि योजना तयार पार्ने काम भइरहेको छ । माइन्युटिङ र हस्ताक्षरको काम पूरा गर्न सके आजै दर्ता गर्ने प्रयास हुनेछ, नभए भोलि ।’

केन्द्रीय कमिटीमा रहने सदस्यको नाम टुंग्याउन अहिले छलफल जारी रहेको छ ।