© २०२३
लमही,२४ कार्तिक ।
जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
कार्तिक २३ गते, दाङको गढवा गाउँपालिका–४ पर्सिया स्थित राप्ती खोलाबाट अवैध रुपमा मिस्कट उत्खनन गरी ल्याउँदै गरेका रा १ त ३२०१ र रा १ त २७९७ नम्बरका दुई ट्याक्टर इलाका प्रहरी कार्यालय गढवाको टोलीले नियन्त्रणमा लिएको हो। गढवा गाउँपालिकाले प्रत्येक ट्याक्टरलाई रु. ३० हजारका दरले गरी जम्मा रु. ६०हजार जरिवाना गरेर सम्बन्धित व्यक्तिको जिम्मामा ट्याक्टर फिर्ता गरेको प्रहरीले जनाएको छ।
त्यस्तै, कार्तिक २२ गते, दाङको बबई गाउँपालिका–७ ओदाले र ऐ.ऐ.–७ बेलासपुर क्षेत्रमा ढुङ्गा र बालुवा उत्खनन भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको टोलीले थप तीन ट्याक्टर नियन्त्रणमा लिएको छ। उक्त ट्याक्टरहरू क्रमशः रा ९५७२, र रा १ त ४८४० नम्बरका रहेका छन्। बबई गाउँपालिकाले पनि प्रत्येक ट्याक्टरलाई १० हजार का दरले गरी जम्मा रु. ३० हजर जरिवाना गरेर सम्बन्धित व्यक्तिहरूको जिम्मामा ट्याक्टर फिर्ता गरेको हो।
प्रहरीका अनुसार जिल्लाका नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न नियमित गस्ती र निगरानी बढाइएको छ।