ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ

२४ कार्तिक २०८२, सोमबार
२४ कार्तिक २०८२, सोमबार

काठमाडौंँ, २४ कात्तिक ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेस प्रदेशलाई स्वायत्त घोषणा गर्न आह्वान गरेका छन् ।

मधेसमा नयाँ मुख्यमन्त्री नियुक्तिको विषयमा विवाद चलिरहेका बेला राउतले मधेस प्रदेशसभाको बैठकबाटै प्रदेशको स्वायत्तता घोषणा गर्न प्रस्ताव गरेका हुन् ।

जनकपुरबाट काठमाडौं जान भनेर हिँडेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिवासस्थित होटलमा एमालेका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीको शपथ खुवाएपछि राजनीतिक विवाद चर्किएको छ ।

राउतले सोमबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो लेखेका छन् “मधेस प्रदेशसभाको बैठकबाट मधेस प्रदेशको स्वायत्तता घोषणा गरौँ । आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौँ । डराएर सदियौँ नेपाली शासकको गुलामी गर्‍यौँ, अब खुलेर बोलौँ ।”

उनले भनेका छन् “संविधानलाई धज्जी उडाउँदै नेपाली औपनिवेशिक शासकले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र उनीहरूको अदालतले जे पनि गर्न मिल्छ ।

मधेसका पार्टीलाई छिन्नभिन्न पार्ने, पानस कटेजमा गएर शपथग्रहण गराउने, मधेस पक्षधर नेता, कार्यकर्ता र समर्थकमाथि प्रतिशोध साँध्दै दमन गर्ने काम गर्छ भने हामीले मधेस प्रदेशसभाको बैठक सडकमा नै डाकेर भए पनि मधेस प्रदेशलाई स्वायत्त घोषणा गरौँ ।”

राउतले हालको संघीय सरकार नै संविधानबमोजिम बनेको नभएको दाबी गर्दै भनेका छन् “आन्दोलनको मागबमोजिम बनेको यो संघीयता अब मधेसी जनताको चाहनाबमोजिम रूपान्तरण हुनुपर्छ । मधेस प्रदेशसभाको दुईतिहाइ सभासदको समर्थनमा मधेसलाई स्वायत्त घोषणा गर्न पक्कै मिल्छ ।”

उनले थपे “५४ प्रतिशत जनसंख्या भएको मधेस मुठ्ठीभर नेपाली शासकको जागिर होइन । उनीहरूले भिखजस्तो दिएर हामीले लिइराख्ने होइन । उनीहरूले चलखेल गरिराख्ने, हामीले टुलुटुलु हेरिराख्ने अवस्था अब सह्य छैन ।”

राउतका अनुसार, मधेसमा सिंहदरबारबाट पठाइएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयुक्त, अख्तियार, प्रहरी र सचिवलगायतका कर्मचारीमार्फत मधेसलाई एक हुन नदिने र दमन गरिराख्ने षड्यन्त्र चलिरहेको छ ।

उनले निष्कर्षमा भनेका छन् “मधेस हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ । नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो । पूर्ण स्वायत्तताको आन्दोलन अब अपरिहार्य छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?