© २०२३
जनकपुरधाम,२४ कात्तिक ।
मधेसमा नयाँ मुख्यमन्त्री नियुक्तिको विवादलाई लिएर मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड भएको छ । आज बिहानै नेपाली कांग्रेससहितका सांसदहरू कार्यालयभित्र प्रवेश गरी कार्यकक्षमा तोडफोड गरेका हुन् ।
एक सांसदले नेपालको राष्ट्रिय झन्डा निकालेर फालेका छन् भने अर्का सांसदले कुर्सी फालेका छन् । झन्डा फाल्ने कांग्रेसका प्रदेश सांसद वीरेन्द्र कुमार सिंह हुन् । तोडफोडका कारण कार्यकक्षमा सामान्य क्षति पुगेको छ ।
यसैबीच, मधेश प्रदेश प्रमुखको कार्यालय अगाडि पनि तोडफोड भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा र लोसपासहितका प्रदेश सांसद तथा कार्यकर्ताहरूले कार्यालय अगाडि तोडफोड गरेका हुन् ।
उनीहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड र गमलाहरूमा समेत क्षति पुर्याएका छन् ।