ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता

२४ कार्तिक २०८२, सोमबार
२४ कार्तिक २०८२, सोमबार

बुटवल, २४ कार्तिक ।

देशभित्र भौतिक विकासमा काम गरिरहेका निर्माण व्यवसायीहरू निमार्ण सम्बन्धी नीति र भुक्तानीलाई लिएर समस्या भोगेको दुखेसो गरेका छन् ।

नेपाल निर्माण उद्योग परिषद् रुपन्देहीको आइतबार बुटवलमा सम्पन्न पूर्ण बैठकमा बोल्ने वक्ताहरूले अहिले रहेको खरिद प्रणाली, सुनिश्चित भैसकेको ठेक्काको पनि बजेट सुनिश्चितता नहुँदा तथा उद्योगमा बिजुली बन्द हुँदा उत्पादन सामग्रीको अभाव जस्ता समस्याबाट गुज्रिनुपरेको दुखेसो गरेका छन् ।

बैठकमा नेपाल निर्माण उद्योग परिषद्का केन्द्रीय अध्यक्ष बलभद्र रानाले पटक पटक देशमा परिवर्तन आए पनि त्यसबाट आफूहरूको समस्या समाधान नभएको गुनासो गरे । सरकारबाट निर्माण ब्यवसायीहरु प्रतिको दृष्टिकोण परिवर्तन गर्न उनले आग्रह गरे ।

कार्यक्रममा जिल्ला अध्यक्ष राजन ज्ञवालीले सुनिश्चित भइसकेका ठेक्काको समेत बजेट सुनिश्चितता नहुँदा कार्य अघि बढाउन कठिनाइ परेको गुनासो गरे । निर्माण सामग्रीको सधैँ अभाव हुने र तोकिएको म्यादमै काम पुरा नहुने जस्ता समस्या बढिरहेको उनले बताए ।

यसैबिच बैठकमा आगामी माघ महिनामा हुने महाधिवेशनको तयारी, हालको राजनीतिक परिवर्तन, निर्माण व्यवसायीहरूको भुक्तानी रोकिएको विषयलगायतका मुद्दाहरूमा छलफल गरिएको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश महासचिव जबिन कक्षपतिले लुम्बिनी प्रदेशमा मात्रै काम सकिएको करिब ४ अर्ब रुपैयाँ बराबरको भुक्तानी रोकिएको बताए । उनले निर्माण व्यवसायीहरूको हितका लागि एकीकृत आन्दोलन आवश्यक रहेको बताउँदै जेनजी आन्दोलनपछि प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।

नेपाल निर्माण उद्योग परिषद्का अनुसार हाल रुपन्देही जिल्लामा झन्डै २५० जना सदस्य तथा लुम्बिनी प्रदेशभर २ हजारभन्दा बढी सदस्य रहेका छन् । बैठकमा सङ्गठन सुदृढीकरण, सदस्य विस्तार, र सरकारसँगको सहकार्यबारे पनि छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?