ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना

२४ कार्तिक २०८२, सोमबार
२४ कार्तिक २०८२, सोमबार

बर्दिया, २४ कात्तिक

बर्दियाको बढैयाताल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू र लेखापाल नारायणराज त्रिपाठीको मिलेमतोमा २६ करोड रुपैयाँभन्दा बढी रकम बेरुजु भएको तथ्य सार्वजनिक भएको छ। महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले आर्थिक वर्ष २०७७/०७८ देखि २०८०/०८१ सम्मको अवधिमा ठूलो रकम हिनामिना भएको पुष्टि गरेको हो।

गाउँपालिकामा अहिलेसम्म ४९ करोड ८८ लाख ४२ हजार रुपैयाँ बेरुजु देखिएको छ, जसमा केवल ६ करोड २० लाख रुपैयाँ मात्र फछ्यौट भएको छ।

प्रतिवेदनका अनुसार २०७७/०७८ मा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, अर्जुन सुवेदी र लेखापाल नारायणराज त्रिपाठी तथा विनोदराज खनाल संलग्न रहँदा ९ करोड ९१ लाख रुपैयाँ बेरुजु भएको थियो।

२०७८/०७९ मा पुनः अर्जुन सुवेदी र धर्मराज न्यौपानेको कार्यकालमा ८ करोड ८५ लाख रुपैयाँ बेरुजु देखिएको छ। २०७९/०८० मा लेखापाल त्रिपाठीकै सहकार्यमा ६ करोड ३५ लाख रुपैयाँ बेरुजु भएको उल्लेख छ — जसमा १ करोड २० लाख बढी अनियमितता, ४ करोड ४६ लाख प्रमाणबिनाको निकासा, र २० लाख रुपैयाँ पेश्की लिइएको देखिन्छ।

२०८०/०८१ मा त झन् अवस्था गम्भीर बनेको छ। प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी र लेखापाल त्रिपाठीकै नाममा ९० लाख १७ हजार रुपैयाँ बेरुजु देखिएको छ, जसमा ३२ लाख ४४ हजार असुल गर्नुपर्ने, २३ लाख अनियमित खर्च, र ३१ लाख प्रमाणबिनाको निकासा गरिएको छ।

गाउँपालिकामा वर्षौंसम्म एउटै व्यक्तिलाई लेखापालको जिम्मेवारी दिइनु र प्रमुख प्रशासकीय अधिकृतहरू पटक–पटक सरुवा हुनुले भ्रष्टाचारलाई संस्थागत स्वरूपमा ढालिएको स्थानीयले आरोप लगाएका छन्।
सेवाग्राहीहरूका अनुसार लेखापाल त्रिपाठीले कमिशन नदिए बिल रोकिने, मिल्नेहरूलाई तुरुन्तै भुक्तानी दिने प्रवृत्ति कायम राखेका छन्।

धरौटी फिर्ता लिने क्रममा महिनौँसम्म घुमाइने, “सिस्टम चलेको छैन” भन्ने बहानामा रकम रोक्ने जस्ता कार्यले गाउँपालिकाको वित्तीय प्रणाली नै अपारदर्शी र अव्यवस्थित बनेको वडा नं. ५ का जागेश्वर थारु बताउँछन्। उनी भन्छन्, “मैले वडा नं. ५ को पिक्निक स्थलको बोलपत्र पेश गरेको थिएँ, तर महिनौँसम्म धरौटी फिर्ता पाएको छैन।”

महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएपछि प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले राजीनामा दिएका छन्। उनीमाथि बेरुजु रकम बढ्दै गएपछि नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिएको जनाइएको छ।
तर, मुख्य संलग्न लेखापाल नारायणराज त्रिपाठी अझै पनि पदमै कार्यरत छन्, जसले असुलीको सम्भावना न्यून बनाएको स्थानीयहरू बताउँछन्।

जनताको करबाट संकलित रकम हिनामिना हुँदा विकासका योजना ठप्प छन्। वडा नं. ५ का वडा अध्यक्ष तुलाराम थारुका अनुसार, “बजेट दुरुपयोग र बेरुजु बढेपछि बढैयातालको पर्यटकीय विकाससमेत थला परेको छ।”

पूर्व प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने भन्छन्, “मैले कार्यकालमा सबै खर्च प्रक्रिया अनुसार गरेको हुँ। बेरुजु सामान्य कुरा हो, लेखा शाखाले प्रमाण नदेखाउँदा देखिएको हो।”

तर प्रतिवेदनले उनीकै कार्यकालमा सबैभन्दा ठूलो हिनामिना भएको देखाएको छ। त्यस्तै, पूर्व प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले भने, “माथि मेरो नाम आएपछि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको हुँ। तर वास्तविक कारण भने वित्तीय शाखाको कमजोरी हो।”

पूर्व लेखापाल विनोदराज खनालले आफूले कुनै अनियमितता नगरेको दाबी गर्दै भने, “खर्च सबै दस्तावेजसहित गरिएको हो, पछि आएका अधिकृत र लेखापालहरूले फछ्यौट नगर्दा बेरुजु देखिएको हो।”

तर प्रतिवेदन अनुसार उनको कार्यकालमा पनि विना प्रमाणका भुक्तानी र अनियमित निकासा भएका छन्। हालका लेखापाल नारायणराज त्रिपाठीले भने सबै आरोप अस्वीकार गर्दै भने, “सबै खर्च पारदर्शी छन्, बेरुजु सामान्य प्रक्रिया हो, फछ्यौट हुँदै जान्छ।” तर अहिलेसम्म केवल ६ करोड रुपैयाँ मात्र फछ्यौट भएको आधिकारिक तथ्यांकले उनको दाबी खण्डन गर्छ।

बढैयाताल–५ का स्थानीय राकेश चौधरी भन्छन्, “हामीले बिल बुझाउँदा महिनौँसम्म पैसा आउँदैन, तर मिल्नेहरूलाई तुरुन्तै भुक्तानी हुन्छ। यस्तो अन्याय सह्य छैन।”

यसैबीच, स्थानीय नागरिक समाजका प्रतिनिधि र राजनीतिक दलहरूले बढैयाताल गाउँपालिकाको बेरुजु रकम तुरुन्त असुल गर्न, लेखापाल त्रिपाठीलाई निलम्बन गरी छानबिन गर्न, र संलग्न अधिकारीहरूमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

तर अहिलेसम्म गाउँपालिकाले कुनै ठोस कदम नचालेको स्थानीयहरूको भनाइ छ।
जनताको करबाट उठेको करोडौँ रकम गैरजिम्मेवार कर्मचारीहरूको हातमा परेको वर्तमान अवस्थाले गम्भीर प्रश्न उठाएको छ —“२६ करोड बेरुजु असुल कहिले हुनेछ ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?