© २०२३
काठमान्डौ, २३ कार्तिक ।
गृहमन्त्री ओम प्रकाश अर्यालले गृह मन्त्रालयको संवेदनशीलताका कारण कतिपय विषय सार्वजनिक रूपमा बताउन नसकिने बताएका छन् । उनले आफू शुद्धचित्त र निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेको स्पष्ट पारेका छन् ।
हाल जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री अर्यालको कार्यशैलीमाथि प्रश्न उठाइरहेका बेला मन्त्री अर्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिएका हुन् ।
उनले लेखेका छन्, “गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौं त भन्न मिल्दैन, के गर्यौं समेत भन्न नमिल्ने अवस्था हुन्छ । आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन ।”
मन्त्री अर्यालले पाइलैपिच्छे सुशासनको बाटो समात्दै देशलाई निर्वाचनमार्फत् निकासमा डोर्याउने सरकारको जिम्मेवारी पूरा गर्ने दृढता पनि व्यक्त गरेका छन् ।