Butwal Today

फरार स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ

२३ कार्तिक २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, २३ कात्तिक ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक आरोपी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भएका ज्ञानबहादुर बम्जन रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

जेनजी आन्दोलनको क्रममा उनी प्रहरी हिरासतबाट फरार भएका थिए । बम्जनलाई सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।

उनी काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा संलग्न थिए । सहकारी ठगीका मुख्य आरोपी भनिएका जीबी राईका जेठानसमेत उनी हुन् ।

यसअघि उनी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा समेत जोडिएका थिए । अदालतको आदेशपछि उनी १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।