ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

सामाजिक सञ्जालबाटै बढ्दो ठगी 

२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

नेपाल प्रहरीले अनलाइन माध्यमबाट हुने ठगीका घटना बढेको भन्दै सावधान रहन आग्रह गरेको छ ।

अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसकेपछि मात्र भुक्तानी गर्न, भरपर्दो विक्रेतासँग मात्र कारोबार गर्न, महँगो सामान अपत्यारिलो सस्तो मूल्यमा पाइएमा त्यो सामान चोरीको हुनसक्ने हुँदा सचेत रहन भनेको छ ।

सामाजिक सञ्जाल पछिल्लो समय हिंसाको कारक समेत बन्दै गएको देखिएको छ । सामाजिक सञ्जालकै माध्यमबाट धेरै अपराधजन्य घटना भएका छन् ।

पछिल्लो समय अनलाइनमा सस्तो दरमा सामान देखाइ अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी स्क्रिन शेयर गर्न लगाई खाता ह्याक गरी ठगी हुनसक्ने हुँदा कसैलाई पनि आफ्नो मोबाइलको स्क्रिन सेयर नगर्न प्रहरीले अनुरोध गरेको छ । सबैलाई थाहा भएकै कुरा हो– अनलाइन ठगीको कारक बन्दै गएको छ ।

त्यसमा सामाजिक सञ्जालको दुरुपयोग हुने गरेको छ । अर्कोतर्फ अहिले ९० प्रतिशत अपराधजन्य घटना यही सामाजिक सञ्जालको प्रयोग गरी भइरहेकोले सबै सचेत हुनुपर्ने आवश्यकता छ ।

निश्चित रूपमा कुनै पनि वस्तुको सदुपयोगबाट त्यसले दिने फाइदा अमूल्य हुन सक्छ तर त्यसलाई दुरुपयोग गरे नोक्सानी बाहेक केही हुँदैन भन्ने कुरा सामाजिक सञ्जालको प्रयोगका घटना उदाहरण बनेका छन् ।

सामाजिक सञ्जालको सदुपयोग गर्दा त्यसले निकै सहयोग र फाइदा पुगेको उदाहरण हाम्रै समाजमा प्रशस्तै छन् तर दुरुपयोग गर्दा त्यसले पु¥याउने हानीको कल्पना पनि गर्न सकिदैन् ।

अर्कोतर्फ सामाजिक सञ्जालमा गरिने पोष्टले कसैको हानी वा मानमर्दन गर्छ कि भन्नेतर्फ अव ध्यान दिनुपर्ने भएको छ । होइन भने सामाजिक सञ्जालकै कारण जघन्य अपराधका घटना हुन सक्छ भन्ने उदाहरण खोज्न कतै जानु पर्दैन ।

सामाजिक सञ्जालको प्रयोग बढेसँगै पछिल्लो समय यसबाट पीडा भोग्नेहरूको सङ्ख्या पनि बढ्दै गएको देखिएकोले यसको प्रयोगमा सावधानीको खाँचो छ । सामाजिक सञ्जालको सदुपयोग भन्दा पनि दुरुपयोग बढिरहेको देखिएको छ ।

खास गरी युवायुवती यसको लतमा फस्नु अपराध बढाउने प्रमुख कारक हो । अर्कोतर्फ सामाजिक सञ्जालकै माध्यमबाट ठगीका घटना बढ्दै गएको छ । जबसम्म यसमा नियन्त्रण हुन सक्दैन तबसम्म सामाजिक सञ्जालको दुरुपयोग बढिरहनेछ ।

नेपालले सामाजिक सञ्जालको प्रयोग गरी हुने अपराधजन्य घटना नियन्त्रणका लागि छुट्टै कानुन बनाउनु जरुरी छ । त्यसो त कानुन नभएको होइन तर अव कानुनलाई कडा दण्ड सजायको समेत व्यवस्था गर्ने गरी संशोधन गर्नुपर्छ भने पनि राज्य चुक्नु हुँदैन । फेसबुक म्यासेन्जरबाट सबैभन्दा बढी ६२ प्रतिशत हिंसामा पर्ने गरेको देखिएको छ ।

त्यस्तै फेसबुकबाट ६१ प्रतिशत हिंसा हुने गरेको छ । सामाजिक सञ्जाल ट्विटरबाट १५ प्रतिशत र ह्वाट्सएपमा १२ प्रतिशत अनि भाइवरमा ११ प्रतिशत हिंसा हुने गरेको छ । अव ढिलाइ नगरी सामाजिक सञ्जालबाट उत्पन्न खतरा सबै मिलेर सामना गर्नका लागि एकजुट हुनुपर्ने समय आएको छ ।

सामाजिक सञ्जालमा राज्यको नियमित, समाज कता गइरहेको छ भन्ने विषयमा खबरदारी र घर परिवारले आफ्ना सदस्यहरूको सामाजिक सञ्जालतर्फ भइरहेको लगावले उत्पन्न गर्न सक्ने हानीको विषयमा ख्याल गर्नै पर्ने भएको छ ।

अबको दिनमा यी सबै कुरालाई मध्यनजर गर्दै सामाजिक सञ्जालको दुरुपयोगमा नियन्त्रण गर्नुपर्ने खाँचो टड्कारोरूपमा देखिएको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै पछिल्लो समय यसबाट पीडा भोग्नेहरूको सङ्ख्या पनि बढ्दै गएकोले सरकारको ध्यान पुगोस् ।

सामाजिक सञ्जालबाट उत्पन्न हुनसक्ने लाभ र हानीका कुरा नजानेरै चलाउँदा त्यसले भोलिको दिनमा समस्या निम्त्याउन सक्छ भन्ने कुरामा अब सबै गम्भीर हुनुपर्ने बेला आएको छ ।

खास गरी भर्खर भर्खर सामाजिक सञ्जालका प्रयोग गर्नेहरूले यसको लाभ र हानीका विषयमा सोच्नु जरुरी छ । होइन भने सामाजिक सञ्जाल क्षणभरमा अपराधजन्य घटना मात्रै होइन, जीवनभर पछुताउने कारण बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?