ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच

२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

सल्यान, २४ कार्तिक ।

सल्यानको दार्मा गाउँपालिकामा सरुवा रोग स्क्रब टाइफसको सङ्क्रमण गम्भीर चिन्ताको विषय बनेको छ । पछिल्लो चार दिनमा मात्रै घरघरमा गएर बिरामीको स्वास्थ्य परीक्षण गर्दा थप ७३ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ ।

दार्मामा उच्च ज्वरो र स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण भएका चार जना महिलाको उपचारका क्रममा मृत्यु भएपछि दुई वटा वडामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ५१ जनामा स्क्रब टाइफस सङ्क्रमण पाइएको थियो ।

त्यसपश्चात् दार्मा गाउँपालिका, सल्यान जिल्ला अस्पताल र कर्णाली प्रदेश सरकारको प्राविधिक तथा स्वास्थ्यकर्मीहरूको टोलीले घरघरमा गएर ३६० जना बिरामीको जाँच गर्दा ७३ जनामा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिए ।

गत बुधबारदेखि शनिबारसम्म विभिन्न वडाका गाउँवस्तीमा पुगेर २२१ जना महिला र १३९ जना पुरुष बिरामीहरूको स्वास्थ्य जाँच गर्दा ५१ जना महिला र २२ जना पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण देखिएको उनले बताए ।

बुधबार वडा नं. ३ को बेरुखेत र भोपाल्ना, बिहीबार वडा नं. ३ को लेखागाउँ, झुलेली, माझागाउँ, बुढाकाफल, धुल्खर्क र चम्फुटाकुरा, वडा नं.४ को मालिका, तमारा, मौलोहाले, कमलपोखरी र रतिखोला, वडा नं. २ को लिगाछाप, पातिखोला र वजावाङ्ग, वडा नं. १ को झुलेली, ढाँकीवारा र भदालेखोलामा घरदैलो गरिएको थियो ।

यस्तै शुक्रबार वडा नं. १ को स्यालागाउँ, विष्ट गाउँ र काफलैरा, वडा नं. ५ को लैयाटा र ढाकाडामकोट, वडा नं.४ को सिंगारीकोट, लामाडाँडा, पुखात, डाँगीगाउँ, दलित टोल, रामिडाँडा र बाखोरमा तथा शनिबार वडा नं. ५ को कागुनोहाल्ने, भालुखोला र जलेखर्क, वडा नं. ६ को अरबारे, गोठिवन भूर्तिवाङ्ग, वडा नं. २ को लिरापाजा र डल्सिङमा घरदैलो गरिएको गाउँपालिकाले जनाएको छ ।“यो गम्भीर समस्या हो ।

ज्वरो आउनासाथ नजिकको स्वास्थ्य चौकी वा जिल्ला अस्पतालमा जान विशेष अनुरोध छ । जथाभाबी सुई र औषधी प्रयोग नगर्न निजी क्लिनिकहरूलाई ध्यानाकर्षण गराउँछौँ”, गाउँपालिका अध्यक्ष केसीले भने । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, जिल्ला अस्पताल र दार्माका सबै स्वास्थ्य संस्था तथा शाखाहरूले अभियानमा सक्रिय भूमिका निर्वाह गरेको उनको भनाई छ ।

स्क्रब टाइफस माइट (सानो किर्ना) को टोकाइबाट सर्ने रोग भएको र ज्वरो, टाउको दुखाइ, शरीर दुख्ने, चिलाउने जस्ता लक्षण देखिने भन्दै स्वास्थ्यकर्मीहरूले समयमै उपचार नगरे ज्यान जोखिममा पर्न सक्ने बताएका छन् ।

स्क्रब टाइफसबाट बच्नका लागि खेतबारीमा काम गर्दा वनजंगल र झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भुईँ सम्म बुट लगाउन स्वास्थ्य सेवा कार्यालय सल्यानले अनुरोध गरेको छ ।

यसका साथै घाँस वारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने र बस्ने, सकेसम्म घाँस वारी र चउरमा नबस्ने तथा चउरमा, बारी, झाडी, घाँस तथा धुरान बढ्न नदिने र मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सृजना गर्न कार्यालयको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?