© २०२३
काठमान्डौ, २३ कार्तिक ।
हङकङ इन्टरनेसनल सिक्सेस २०२५ अन्तर्गत नेपाली क्रिकेट टोलीले चार खेलमा हार भोग्दै आफ्नो हङकङ यात्रा पूरा गरेको छ ।
आइतबार बिहान भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४३ रनले पराजित भएको हो । यूएईले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउँदा नेपालले निर्धारित ६ ओभरमा ४ विकेट गुमाएर मात्र ८६ रन बनाउन सक्यो ।
प्रतियोगितामा शनिबार भएको खेलमा भारतलाई ९२ रनले हराउँदा नेपालले एक मात्र जित निकाल्न सफल भएको थियो । तर नेपालले यसअघि लगातार तीन खेलमा हार भोगेको थियो । शनिबार दोस्रो खेलमा नेपाल श्रीलंकासँग ३ विकेटले पराजित भएको थियो भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ४ विकेटले हार बेहोरेको थियो । यसअघि, शुक्रबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो ।
यस प्रतियोगितासँगै क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । नेपाल क्रिकेट संघ ९क्यान० ले सामाजिक सञ्जालमार्फत् शरदलाई दोस्रो इनिङ्सका लागि शुभकामना दिएको छ ।