© २०२३
काठमाडौँ, २३ कात्तिक ।
राष्ट्रिय सभाको बैठकका लागि करिब ३० लाख रुपैयाँमा हल व्यवस्थापन गर्ने तयारी गरिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालका अनुसार सिंहदरबारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा राष्ट्रिय सभाको बैठक बस्ने तयारी भइरहेको छ ।
“आन्तरिक काम सुरु भइसकेको छ । हल व्यवस्थापनका लागि करिब ३० लाख रुपैयाँको एस्टिमेट गरिएको छ,” अध्यक्ष दाहालले आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बताएका छन् ।
हल नहुँदा हालसम्म राष्ट्रिय सभाको बैठक बस्न सकेको छैन । दाहालका अनुसार हल व्यवस्थापनको काम अघि बढिसकेकाले अब अधिवेशन बोलाउने तयारी भइरहेको छ ।
उनका अनुसार आगामी मंसिर दोस्रो साता राष्ट्रिय सभाको अधिवेशन बोलाउन सकिने सुझाव दिइएको छ । “मंसिर १५ गतेभित्र अधिवेशन बोलाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव प्रधानमन्त्री सुशीला कार्कीलाई दिएको छु,” अध्यक्ष दाहालले विधायन समितिको बैठकमा बताएका हुन् ।
अध्यक्ष दाहालले प्रधानमन्त्री कार्की राष्ट्रिय सभाप्रति सकारात्मक दृष्टिकोण राख्ने व्यक्ति भएको पनि बताएका छन् ।