ट्रेंडिंग:

>> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास

दबाबपछि अलपत्र आयोजनामा भौतिक मन्त्रालयको चासो

ठेकेदार कम्पनीले डिजाइनका कारण काम रोकिएको बताउँदै अब एक हप्ता भित्र काम सुरु गर्ने प्रतिबद्धता जनाएको छ ।
२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

सुनवल, २३ कार्तिक ।

पश्चिम नवलपरासीको रामग्राम र सरावलमा प्रदेश सरकारले सुरु गरेर अलपत्र पारेका पुल र सडकका आयोजनाका विषयमा लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले चासो दिएको छ ।

केही दिन अगाडी रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव सहित स्थानीयको टोली प्रदेश मन्त्रालयमा पुगेर अलपत्र पुलको काम तत्काल सुरु गर्न दबाब दिएपछि भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, सचिव भिमार्जुन पाण्डे सहितको टोली परासी आएर तत्काल काम सुरु गर्ने प्रतिबद्धता जनाएका हुन् ।

मन्त्रालय, स्थानीय जनप्रतिनिधि, ठेकेदार पक्ष, सुरक्षा निकाय बिच भएको छलफलमा अलपत्र योजनाको काम तत्कालै सुरु गर्ने लिखित प्रतिबद्धता गरिएको छ ।

विशेष गरी रामग्राम वडा नम्बर १५ स्थित तुरिया खोलामा निर्माणाधीन पुलको डिजाइन फेल भएपछि तीन वर्ष देखि अलपत्र छ । उक्त पुलको लागी अब थप समय उपलब्ध गराउन नसकिने मन्त्रालयको चेतावनी पछि निर्माण कम्पनी ओम ईन्फाटेक प्रा.लीले एक हप्ता भित्र काम सुरु गर्ने लिखित प्रतिबद्धता जनाएको छ ।

सो क्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख यादवले सो क्षेत्र हुँदै बुहआयमिक महत्वको सडक निर्माण भइरहेकाले पुलकै कारण दातृ निकायले गरेको लगानी रोकिन नहुने तर्फ ठेकेदार र मन्त्रालयको ध्यानाकर्षण गराए ।

ठेकेदार कम्पनीले डिजाइनका कारण काम रोकिएको बताउँदै अब एक हप्ता भित्र काम सुरु गर्ने प्रतिबद्धता जनाएको छ । २०७७ सालमा निर्माण सुरु भएको उक्त पुल डेढ वर्षमा निर्माण सकिनुपर्ने भए पनि हाल सम्म पुरा भएको छैन ।

छलफलमा मन्त्री ढकाल र मन्त्रालयको टोली सहित प्रदेश सभा सदस्यद्धय खड्ग बस्नेत र वैजनाथ कलवार, रामग्राम नगर प्रमुख धनपत यादव, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, रामग्रामका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेय, सडक पूर्वाधार विकास कार्यालयका प्रमुख हितेन्द्र रायमाझी र ठेकेदार पक्ष सहभागी थियो ।

यसै गरी सरावलमा अलपत्र दुई वटा सडक आयोजना मङ्सिर दश गते भित्र सम्पन्न गर्ने प्रतिबद्धता नवीन कन्स्ट्रक्सन नवलपरासीले गरेको छ । सरावल गाउँपालिका जोड्ने पहुँच मार्गको म्याद तीन वर्ष अगाडि नै सकिए पनि हाल सम्म काम पुरा भएको छैन ।

२०७९ सालको असारमै म्याद सकिएको उक्त आयोजनाको म्याद थप समेत भएको छैन । सो सडक आयोजनाका कारण स्थानीय देखि प्रदेश सरकारका जनप्रतिनिधिले आलोचना खेप्नुपरेको छ ।

सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जति काम गरे पनि सोही सडकका कारण सबै बालुवामा पानी सरह भएको गुनासो गरे ।

यसै गरी सरावलकै तुल्सीनगर–तिलकपुर खोकरपुरा–पटनी–भिमटाडी सडकको म्याद पनि तीन वर्ष अगाडी नै सकिएको हो । उक्त सडक पनि हाल सम्म अलपत्र अवस्थामा छ । सो सडकको काम पनि तत्काल सुरु गर्ने प्रतिबद्धता ठेकेदारले गरेको छ ।

तर ती सडकका विषयमा ठेकेदारले पटक पटक प्रतिबद्धता जनाए पनि काम पुरा भएको छैन । आर्थिक रूपमा कमजोर भएका कारण काम गर्न कठिनाइ भइरहेको ठेकेदार पक्षको भनाई छ ।

सो क्रममा भौतिक पूर्वाधार मन्त्री ढकालले यो वा त्यो बहानामा काममा ढिलासुस्ती हुन नहुने बताए । प्रदेशले बजेट लगानी गरेका आयोजना सम्पन्न नहुँदा प्रदेश प्रति नै वितृष्णा बढ्न थालेको बताउँदै रुग्य आयोजनाका सन्दर्भमा मन्त्रालय निर्मम रूपमा प्रस्तुत हुने जानकारी दिए ।

सो क्रममा प्रदेश सभा सदस्य बस्नेतले ठेकेदार सम्पर्कमै नहुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । अर्का प्रदेश सभा सदस्य कलवारले ठेकेदारलाई काममा सहजीकरण गरिने तर समयमै काम सम्पन्न गर्न अग्रसर हुनुपर्नेमा जोड दिँदै अपजस भोग्नुपर्ने वातावरण नबनाउन आग्रह गरे ।

प्रदेशले सुरु गरेका आयोजना अलपत्र पर्दा जनप्रतिनिधिले अपजस खेप्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?