© २०२३
नवलपरासी,बर्दघाट ।
मृगौला पिडित बचाउ अभियानलाई ४ लाख रुपैयाँ सहयोग गरिएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिमला गुरुङले नगर प्रमुख शम्भुलाल श्रेष्ठलाई शनिबार आयोजित एक कार्यक्रमका बिच सङ्कलित ४ लाख ९ सय ८ रुपैयाँ हस्तान्तरण गर्नु भएको हो ।
बर्दघाट नगरपालिका वडा नम्बर १४ मा रहेको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा डायलासिस सेवा सञ्चालनार्थ सहयोग स्वरूप उक्त रकम हस्तान्तरण गरिएको हो ।
नगरप्रमुख संयोजक रहेको उक्त अभियानलाई विभिन्न सङ्घ संस्था आमा समूह र व्यक्तिगत सहयोग निरन्तर रूपमा प्राप्त भइरहेको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।
” हामी एउटा पुण्य कर्मको अभियानमा छौ, बिचमा आन्दोलनले गति लिन सकेन अहिले पुनः अभियानलाई तदारुकताका साथ अघि बढाएका छौँ, छिटो भन्दा छिटो यस क्षेत्रका नागरिकलाई सेवा दिन हामी अग्रसर छौ, सबैलाई खुला मनले जोडिन आग्रह गर्दछु ” श्रेष्ठले भने ।
वडा भित्र रहेका विभिन्न सङ्घ संस्था,आमा समूह, शिक्षक कर्मचारी लगायत स्थानीयहरूबाट प्राप्त भएको सहयोग हस्तान्तरण गरिएको वडा अध्यक्ष बिमला गुरुङले जानकारी दिइन ।