ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

बुटवलमा “इन्भेष्टर प्रो मिट २०८२” सम्पन्न, सयौं लगानीकर्ताको उत्साहजनक सहभागिता

२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

बुटवल, २३ कात्तिक ।

नेप्से ट्रेडिङ डटकम र त्रिशक्ति सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ४८) को आयोजनामा शनिबार बुटवलको दियालो फूडल्याण्डमा “इन्भेष्टर प्रो मिट २०८२” सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सयौं लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सुरुवात स्वागत मन्तव्यका साथ नेप्से ट्रेडिङका जीएम जगन्नाथ थपलियाले गरेका थिए। उनले लगानीकर्ताको निरन्तर सिकाइ र जानकारी विस्तारका लागि यस किसिमका कार्यक्रमहरू अत्यावश्यक रहेको बताउँदै बुटवलवासीको मागअनुसार कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।

अध्यक्षीय आसनमा नेप्से ट्रेडिङका अध्यक्ष तथा प्रविधिक विश्लेषक सन्दीप कुमार चौधरी रहनु भएको यो कार्यक्रममा प्रमुख अतिथिका रूपमा बैंकिङ क्षेत्रका अनुभवी पूर्व सिइओ भुवन दाहाल, ऊर्जावान प्रस्तोता संजोग कोइराला, अनुभवी लगानीकर्ता तथा विश्लेषक सुवासचन्द्र ढूंगाना, र त्रिशक्ति सेक्युरिटिजका एमडी गोविन्द दाहाल उपस्थित थिए। साथै, आरएसडीसी लघुवित्तका सिइओ ध्रुवकुमार पौडेल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रबन्धक गणेश ढकाल, मार्केटिङ हेड दया लोहोनी, र विश्णुप्रसाद पौडेल पनि विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा लगानीकर्ताहरूका लागि आकर्षक अफरहरू पनि घोषणा गरिएका थिए। नेप्से ट्रेडिङका तर्फबाट इलाइट, प्रिमियम र बेसिक फिचरहरूमा ५० प्रतिशत छुट प्रदान गरिएको थियो भने त्रिशक्ति सेक्युरिटिजको तर्फबाट सहभागिलाई लाइफटाइम डिम्याट र मेरोसेयर केवल १७ सयमै गराउने सुविधाको व्यवस्था गरिएको थियो।

साथै, लुम्बिनी केबल कारले उपस्थित सबैलाई २५ प्रतिशत छुट कुपन प्रदान गरेको थियो । कार्यक्रमको प्रमुख आकर्षण प्यानल डिस्कसन थियो, जसमा विभिन्न क्षेत्रका विज्ञहरूले लगानी, अर्थतन्त्र र बजारका पक्षमा आफ्ना विचारहरू राखेका थिए । भुवन दाहालले हालको आर्थिक अवस्थाले बैंकिङ नाफा र लगानी प्रवाहमा पार्ने प्रभावबारे चर्चा गरे ।

संजोग कोइरालाले युवाहरूले लगानी र उद्यमशीलता बीच सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्नेबारे प्रेरणादायी विचार प्रस्तुत गरे । सन्दीप कुमार चौधरीले बजारका प्रविधिक सूचकहरू विश्लेषण गर्दै बजारका सम्भावित ट्रेन्डबारे प्रकाश पारे । सुवासचन्द्र ढूंगानाले दीर्घकालीन लगानीकर्ताका लागि उपयुक्त सेक्टरहरूबारे सुझाव दिए । त्यस्तै उनले लगानीकर्ताको मनोविज्ञानको बारे पनि धारणा राखेका थिए ।

कार्यक्रममा सहभागी लगानीकर्ताहरूले प्रश्नोत्तर सत्रमा सक्रिय सहभागिता जनाएका थिए । समापनमा आयोजक संस्थाले सबै अतिथि र सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि लगानी शिक्षाका यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?