© २०२३
काठमाडौं ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड ट्रंक लाइनको महसुल भुक्तानी सम्बन्धी विषयमा सहजीकरण गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालयले कात्तिक २१ गते ऊर्जा मन्त्रालयलाई पत्र पठाउँदै, महसुल भुक्तानीका प्रक्रियालाई सहज बनाउन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
यसअघि कात्तिक १७ गते प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच भएको छलफल तथा समझदारीलाई कार्यान्वयनमा ल्याउन सहजीकरण गर्न निर्देशन दिइएको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयले महसुल भुक्तानी प्रक्रियालाई सरलीकरण गर्ने, र उद्योगीहरूको सुझाव तथा पुनरावलोकन सुन्ने व्यवस्था मिलाउन ऊर्जा मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको छ ।
त्यससँगै, कार्यालयले भएको समझदारी कार्यान्वयनमा सहजीकरण गर्न उद्योग वाणिज्य महासङ्घलाई पनि अनुरोध गरेको छ ।