Butwal Today

कक्षा १२ को पूरक परीक्षाको नतिजा आज सार्वजनिक हुने

२३ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २३ कार्तिक ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशित गर्ने योजना बनाइएको छ ।

‘यदि कुनै प्राविधिक समस्या आएन भने आजै नतिजा सार्वजनिक हुन्छ,’ बोर्ड स्रोतले जनाएको छ ।

कक्षा १२ को पूरक परीक्षा गत असोज ७ र ८ गते सम्पन्न भएको थियो । यसअघि गत असार ११ गते सार्वजनिक नियमित परीक्षाको नतिजामा ६१।१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।