ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

चारदलीय समाजवादी मोर्चा २८ महिनामै विघटन

२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

काठमान्डौ, २३ कार्तिक ।

चारदलीय समाजवादी मोर्चा २८ महिनापछि औपचारिक रूपमा विघटन भएको छ । मोर्चा स्थापना गरिएको उद्देश्य समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा समान धारणा बनाउन र भविष्यमा पार्टी एकता सुनिश्चित गर्नु थियो । तर मोर्चामा रहेका तीनवटा पार्टीले अब एकता प्रक्रियामा सहभागी भइसकेका कारण मोर्चाको औचित्य समाप्त भएको कार्यदलका पूर्वसदस्य गङ्गानारायण श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार, “समाजवादी मोर्चामा सहभागी तीन दल मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएकाले मोर्चा स्वतः विघटन जस्तै भएको छ । मोर्चाको औचित्य नै समाप्त भइसकेको छ ।”

समाजवादी मोर्चा २०८० साल असार ४ गते पूर्व नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच गठन भएको थियो । पछि जसपा विभाजन भएपछि २०८१ साल साउन १ गते मोर्चाबाट बाहिरिएको थियो भने सोही दिन महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी मोर्चामा सामेल भएको थियो । मोर्चाले ५५ जिल्लामा र दुई सय पालिकामा संगठन विस्तार गरेको थियो । काठमाडौँमा दुई पटक ठूला विरोधसभा आयोजना गर्नुका साथै सातै प्रदेशमा सन्देशसभा पनि गरेको थियो ।

मोर्चाका संयोजक नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले मोर्चा गठनको उद्देश्य पुष्पलालले बनाएको जस्तै एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्नु भए पनि मोर्चा सफल हुन नसकेको बताए । कात्तिक २० गते काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, “पुष्पलालले बनाएको जस्तै एउटै कम्युनिस्ट केन्द्र बनाउनुपर्ने नेकपा हो । हाम्रो नीति अनुसार समाजवादी मोर्चासँग सहकार्य गर्‍यौं। तर समाजवादी मोर्चा देशव्यापी स्तरमा चल्न सकेन । मोर्चा सडकमा जानुपर्थ्यो, दलाली, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध लड्नुपर्थ्यो । तर समाजवादी मोर्चा शिथिल भयो ।”

यसअघि, माओवादी, एकीकृत समाजवादी लगायत १० वाम दलले कात्तिक १९ गते पार्टी एकता घोषणा गरेका थिए । विप्लव, माओवादीबाट अलग भएका जनार्दन शर्मा र पुनर्गठित एकीकृत समाजवादीका संयोजक घनश्याम भुसालबीच वामपन्थी ध्रुवीकरणको सहमति पनि हस्ताक्षर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?