Butwal Today

कक्षा १२ को पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

२३ कार्तिक २०८२, आइतबार
अ+
अ-

 काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

बोर्ड बैठक आज बसेर नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गत असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ७६ हजार ३ सय ६७ जना उत्तीर्ण भएका छन् । ४ जनाको परीक्षाफल रद्द गरिएको छ ।

गत ११ साउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।

नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गर्नु पर्नेछ ।