ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

रगत अभावको बेला बुटवल चौतारीद्वारा बृहत रक्तदान, १०१ युनिट रगत संकलन

२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

बुटवल, २३ कात्तिक ।

रगतको अभाव बढ्दै गएको समयमा रोटरी क्लब अफ बुटवल चौतारीले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । “जीवन बचाऔं, रक्तदान गरौं” भन्ने नारासहित आयोजित उक्त कार्यक्रममा १०१ युनिट रगत संकलन गरिएको छ ।

रोटर्याक्ट क्लब अफ बुटवल चौतारी र रोटर्याक्ट क्लब अफ भैरहवा चौतारीसँगको सहकार्यमा सम्पन्न कार्यक्रमले समुदायमा रक्तदानप्रति सकारात्मक सन्देश फैलाएको आयोजकहरूले बताएका छन् । रक्तदान कार्यक्रममा क्लबका अध्यक्ष राजु अधिकारी, पूर्वअध्यक्ष दिनेशमणि सुवेदी, निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेल, चार्टड प्रेसिडेन्ट डा. विष्णु घिमिरेलगायत क्लबका पदाधिकारी र सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रमका संयोजक वासुदेव भुसालका अनुसार, हालका दिनहरूमा बुटवल क्षेत्रका अस्पतालहरूमा रगतको चरम अभाव देखिएको हुँदा क्लबले सामूहिक पहलमार्फत बृहत रक्तदानको आयोजना गरेको हो । क्लवका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरेले भने, “रगतको अभावका कारण कोही पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो । समाजको आवश्यकता अनुसार रोटरी क्लब सधैं सेवामुखी कार्यमा अग्रसर रहन्छ ।”

कार्यक्रममा सहभागी निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेलले पनि रगतदानलाई क्लबको नियमित सामाजिक जिम्मेवारीको रूपमा निरन्तरता दिइने बताए । उनले भने, “गत वर्ष हामीले १६८ युनिट रगत संकलन गरेर सम्मान प्राप्त गरेका थियौं । यस वर्ष पनि उत्साहजनक सहभागिताले हाम्रो प्रयास सफल भएको छ ।”

रक्तसञ्चार केन्द्र बुटवलले कार्यक्रममा प्राविधिक सहयोग प्रदान गरेको थियो । क्लबका पदाधिकारीहरूले केन्द्रप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

रोटरी क्लब अफ बुटवल चौधरीले विगतदेखि नै स्वास्थ्य, शिक्षा र सामाजिक सेवासँग सम्बन्धित विभिन्न जनकल्याणकारी कार्यक्रम गर्दै आएको छ । यसपटकको रक्तदान अभियानले स्थानीय युवाहरूमा सेवा भावना र सामाजिक उत्तरदायित्वप्रतिको चेतना झनै बढाएको सहभागीहरूले बताएका छन् । रक्तदान कार्यक्रमका संयोजक वासुदेव भुसाल सञ्चालक रहेको हाइलाइफ एग्रो एण्ड फुड इण्डष्ट्रिज लिमिटेडले कार्यक्रममा ठूलो सहयोग पुर्याएको भन्दै क्लवले धन्यवाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?