ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

विश्व साइकल यात्री “निरञ्जन” कतारमा सम्मानित

२२ कार्तिक २०८२, शनिबार
२२ कार्तिक २०८२, शनिबार
कतार, २२ कात्तिक ।
नेपालको सगरमाथादेखि अन्टार्टिका सम्मको बिश्व यात्रामा निस्केका साहसी युवा विश्व साईकल यात्री निरञ्जन अर्याललाई कतारमा सम्मान गरिएको छ ।
“जलवायु सचेतना र मानिसका जीवनका मूल्य, मानसिक शान्ति र सकारात्मक सोचप्रति सचेत गराउने मुख्य उद्धेश्य” बोकेर दोश्रो चरणको भ्रमणमा कतारमा रहेका यात्रीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारले शुक्रवार एक कार्यक्रमका बिच उनको साहस र देशको नाम विश्व मञ्चमा चिनाउन गरेको योगदानप्रति कदर गर्दै अर्याललाई  खादा ओढाएर सम्मान पत्र सहित  सम्मान गरिएको हो ।
सम्मानपछि बोल्दै अर्यालले कतारको नेपाली समुदायको मेरुदण्ड गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारले दिएको साथ र सम्मानले आगामी दिनको यात्रामा आफूलाई थप ऊर्जा थप्ने र प्रेरणा मिल्ने बताए ।
उनले पहिलो चरणमा थाइल्यान्ड लाओस्, कम्बोडिया,चीन मलेसिया,सिगांपुर र भारत गरेर आठ वटा देश भ्रमण गरिसकेको र  दोस्रो चरणमा साउदी अरबको भ्रमण सकेर उनी कतार आइपुगेको जानकारी दिए । कतार भ्रमणपछि आगामी महिनामा ओमन हुँदै अफ्रिकी मुलुक तर्फको यात्रा जारी रहने अर्यालले बताए ।
विश्वका सबै जसो देशहरूमा साईकल यात्रामा भ्रमण गरेर अन्तर्राष्ट्रिय स्तरमा जलवायु परिवर्तन र वातावरणीय चुनौतीप्रति सचेत बनाउने र आफ्नो राष्ट्रलाई विश्वमाझ चिनाउने आफ्नो उद्देश्य रहेको बताउँछन् ।
लामो दुरीको यात्रामा फरक-फरक देशका फरक नियम कानुन,सडक र यातयातहरु सँगै आर्थिक चुनौती मुख्य समस्या छ उनले थपे । यात्रामा विभिन्न बाधा अप्ठ्याराहरूलाई सामना गर्दै आफ्नो सपना पूरा गर्ने यात्रीको लक्ष्य रहेको छ ।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कृष्ण पन्थीले अर्यालको हिम्मत र साहसको उच्च प्रशंसा गर्दै यो प्रयास प्रेरणादायी समेत रहेको बताए । पन्थीले देशको झन्डा बोकेर राष्ट्रको परिचय फैलाउन हिँडेका अर्याल लाई प्रवासमा रहेका नेपालीहरूले सहयोग गरिदिन सबैलाई आग्रह समेत गरे । यस्ता यात्राले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप मद्दत पुग्ने बताउदै विश्वको जुनसुकै देशमा पनि समस्या परेमा आफुलाई सम्पर्क गर्न आग्रह गर्दै बिश्व सफल यात्राको शुभकामना समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?