ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

विश्व साइकल यात्री “निरञ्जन” कतारमा सम्मानित

२२ कार्तिक २०८२, शनिबार
२२ कार्तिक २०८२, शनिबार
कतार, २२ कात्तिक ।
नेपालको सगरमाथादेखि अन्टार्टिका सम्मको बिश्व यात्रामा निस्केका साहसी युवा विश्व साईकल यात्री निरञ्जन अर्याललाई कतारमा सम्मान गरिएको छ ।
“जलवायु सचेतना र मानिसका जीवनका मूल्य, मानसिक शान्ति र सकारात्मक सोचप्रति सचेत गराउने मुख्य उद्धेश्य” बोकेर दोश्रो चरणको भ्रमणमा कतारमा रहेका यात्रीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारले शुक्रवार एक कार्यक्रमका बिच उनको साहस र देशको नाम विश्व मञ्चमा चिनाउन गरेको योगदानप्रति कदर गर्दै अर्याललाई  खादा ओढाएर सम्मान पत्र सहित  सम्मान गरिएको हो ।
सम्मानपछि बोल्दै अर्यालले कतारको नेपाली समुदायको मेरुदण्ड गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारले दिएको साथ र सम्मानले आगामी दिनको यात्रामा आफूलाई थप ऊर्जा थप्ने र प्रेरणा मिल्ने बताए ।
उनले पहिलो चरणमा थाइल्यान्ड लाओस्, कम्बोडिया,चीन मलेसिया,सिगांपुर र भारत गरेर आठ वटा देश भ्रमण गरिसकेको र  दोस्रो चरणमा साउदी अरबको भ्रमण सकेर उनी कतार आइपुगेको जानकारी दिए । कतार भ्रमणपछि आगामी महिनामा ओमन हुँदै अफ्रिकी मुलुक तर्फको यात्रा जारी रहने अर्यालले बताए ।
विश्वका सबै जसो देशहरूमा साईकल यात्रामा भ्रमण गरेर अन्तर्राष्ट्रिय स्तरमा जलवायु परिवर्तन र वातावरणीय चुनौतीप्रति सचेत बनाउने र आफ्नो राष्ट्रलाई विश्वमाझ चिनाउने आफ्नो उद्देश्य रहेको बताउँछन् ।
लामो दुरीको यात्रामा फरक-फरक देशका फरक नियम कानुन,सडक र यातयातहरु सँगै आर्थिक चुनौती मुख्य समस्या छ उनले थपे । यात्रामा विभिन्न बाधा अप्ठ्याराहरूलाई सामना गर्दै आफ्नो सपना पूरा गर्ने यात्रीको लक्ष्य रहेको छ ।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कृष्ण पन्थीले अर्यालको हिम्मत र साहसको उच्च प्रशंसा गर्दै यो प्रयास प्रेरणादायी समेत रहेको बताए । पन्थीले देशको झन्डा बोकेर राष्ट्रको परिचय फैलाउन हिँडेका अर्याल लाई प्रवासमा रहेका नेपालीहरूले सहयोग गरिदिन सबैलाई आग्रह समेत गरे । यस्ता यात्राले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप मद्दत पुग्ने बताउदै विश्वको जुनसुकै देशमा पनि समस्या परेमा आफुलाई सम्पर्क गर्न आग्रह गर्दै बिश्व सफल यात्राको शुभकामना समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?