© २०२३
बुटवल, २२ कार्तिक ।
गुणस्तरीय हस्पिटालिटी सेवा दिदै आएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिले ब्राह्मणहरुलाई एक छाक भोजन खुवाएको छ ।
ब्यवसायसंगै सामाजिक क्षेत्रमा समेत योगदान दिदै आएको ग्रुप अन्तरगतको सिद्घार्थ कटेज रेष्टुरेन्ट बुटवल शाखा र योगीकुटीले संयुक्त रुपमा ब्राह्मण भोजन कार्यक्रम गरेको हो । ब्राहमणहरुलाई कटेजका शाखा प्रबन्धक पदम न्यौपाने, मुख्य सेफ केशवराज अर्याल, योगिकुटी शाखाका ईन्चार्ज सनत केसीले मिलनचोकस्थित कटेजमा शुक्रबार भएको कार्यक्रममा रुद्राक्षमाला र टिका लगाएर स्वागत गरे ।
कार्यक्रममा कटेजका मुख्य सेफ केशवराज अर्यालले आफुहरु सामाजिक उत्तरदायित्वसंगै धर्मसंस्कृति जर्गेना हुने गरि वर्षभरि नै विविध रचनात्मक कार्यक्रममा जोड दिदै आएको बताए । होटलको पकवानप्रति आम नागरिकको दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको उनले बताए । ब्राहमणहरुलाई एकछाक भोजनसंगै परिचयात्मक कार्यक्रम गरि भावनात्मक रुपमा जोडिन सफल भएको उनको दाबी छ ।
कार्यक्रममा कटेजका शाखा प्रबन्धक पदम न्यौपानेले धर्मसंस्कृति जोगाउने जिम्मेवारी सबै नेपालीको भएको भन्दै खानपिन र संस्कृति एकअर्काको परिपुरक भएको बताए । होटलको खाना गुणस्तरीयमात्र नभई धार्मिक हिसाबबाट समेत शुद्ध हुने कुरा गुरुहरुले आतिथ्यता स्वीकार गरेर प्रमाणित गरेको उनको भनाई छ । कार्यक्रममा विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ज्योतिष जनार्दन न्यौपानेले भोजन दानलाई दानहरुमा सबैभन्दा उत्तम दान भएको बताए ।
पेशा ब्यवसायसंगै सामाजिक उत्तरदायित्व अन्तरगत होटलबाट गरिएको कार्यक्रम नमुना र यस क्षेत्रमा नै पहिलो भएको बताए । हरेक मानिसमा एउटा कला हुने र पाक कलामार्फत शुद्धतालाई ध्यानमा राखेर सेवा दिने काम कटेजबाट भएको उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका करीब ४५ बढि पंडित तथा ज्योतिषहरु सहभागी रहेका थिए । ग्रुपले नेपालको महेन्द्रनगरदेखि झापासम्म शाखाहरुमार्फत हस्पिटालिटि सेवा दिदै आएको छ ।