Butwal Today

शेयर सदस्य वृद्धि गर्ने नौलोको योजना

२२ कार्तिक २०८२, शनिबार
अ+
अ-

बुटवल, २२ कार्तिक ।

बुटवल दीपनगरमा रहेको नौलो बहुउद्देश्यीय सहकारी संस्था लि ले शेयर सदस्य वृद्धि गर्दै उत्पादनशिल क्षेत्रमा लगानी गर्ने भएको छ ।

प्रत्येक शेयर सदस्यले एकजना सदस्य जोड्दै जाने गरि यो वर्ष ८ सय सदस्य बनाउने लक्ष्य लिएको संस्थाका अध्यक्ष माधव प्रसाद श्रेष्ठले बताए । संस्थाको १६ औ वार्षिक साधारण सभामा उनले सदस्य बढाउदै उत्पादनशिल क्षेत्रमा लगानीको योजना रहेको जानकारी दिए ।

एक कार्यक्रमको बिच संस्थाको जेष्ठ शेयर सदस्य राधिका देवि श्रेष्ठले साधारण सभाको उद्घाटन गरिन । कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठले प्रगति प्रतिवेदन पेश गर्दै अब नया ढंगबाट संघसंस्थाहरु अघि बढाउन जरुरी रहेको समेत बताए ।

भाषणभन्दा पनि अब उत्पादनशिल क्षेत्रमा ब्यवहारिक तालिमलाई जोड दिने समेत बताए । कार्यक्रममा जेष्ठ शेयर सदस्य मनिसरा बाह्रघरे, शेयर सदस्यका परिवारबाट उत्कृष्ट नतिजा ल्याउने छात्र÷छात्राहरु अंकित प्रधान, लक्ष्मि बिकलाई नगदसहित सम्मान गरिएको उपाध्यक्ष ललिततवंशी ठकुरीले बताईन । दुग्ध उत्पादन र परिकार उत्पादन गर्दै आएको विशिष्टिकृत सहकारीमा समेत संस्थाले लगानी गरेको उनले बताए ।

कार्यक्रममा जागरुक बहुउद्देश्यीय सहकारी संस्थाका सचिव कृष्ण पोखरेलले सहकारीहरु अब सहकार्य गरि अघि बढ्नुपर्ने धारणा राखे । कुल ३ करोड ५७ लाख लगानी भएको संस्थामा ४ करोड ७५ लाख कुल पुजी, ५८ लाख १० हजार शेयरपुजी रहेको संस्थाका कोषाध्यक्ष हिरा बहादुर केसीले बताए ।

संचालक समिति सदस्य तथा शिक्षा समिति संयोजक विकास बस्नेतले प्रत्येक शेयर सदस्य आफ्नो संस्थाको बारेमा अपडेट हुन जरुरी रहने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । संस्थाभित्रका हरहिसाब र जानकारी बेलाबेलामा लिने र अपनत्व लिन समेत उनले सुझाव दिए ।

बिस २०६६ सालमा स्थापना भएको संस्थामा ३२४ महिला र २६६ पुरुष गरि ५९० जना शेयर सदस्य रहेको संस्थाका सदस्य दिपक बश्यालले बताए ।