ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

सडक मापदण्डभित्रका घर टहरा हटाउने तयारी

२२ कार्तिक २०८२, शनिबार
२२ कार्तिक २०८२, शनिबार

गुल्मी, २२ कार्तिक । 

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति कार्य सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घर टहरा तथा संरचना हटाउन सम्बन्धित बासिन्दाहरूलाई अनुरोध गरेको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालयले सडक मापदण्डभित्र पर्ने घर टहरा, पसल र अन्य संरचनाहरूले सडक निर्माणको काममा अवरोध पु¥याइरहेको भन्दै गाउँपालिकालाई समयमा नै उक्त संरचना हटाइदिन पत्राचार गरेको गरेको हो ।

रुरुक्षेत्र गाउँपालिकाको वडा नं. १ को रिडी बजार, वडा नं. ३ को पानीटंकी क्षेत्र तथा वडा नं. ४ अन्तर्गत आमपोखरा र बलेटक्सार बजार क्षेत्रमा सडकको मापदण्ड भित्र पर्ने घर टहरा लगायतका संरचनाहरू हटाउन सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यालयको आग्रह अनुसार गाउँपालिकाले सार्वजनिक रूपमा सूचना जारी गरी चाँडो भन्दा चाँडो उक्त संरचनाहरू हटाउनका लागि स्थानीय बासिन्दाहरूलाई आग्रह गरेको हो ।

सडक छेउका संरचना समयमा नहटाउँदा धुलोका कारण स्थानीय बासिन्दा प्रभावित हुने, निर्माण कार्यमा ढिलाईहुने र क्षतिपूर्ति उपलब्ध गराउने काममा समेत ढिलाइ हुनसक्ने भन्दै उक्त कार्यमा सहयोग गर्न स्थानीयलाई आग्रह गरिएको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

साथै क्षतिपूर्तिको हकमा मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । गाउँपालिकाले उद्योग वाणिज्य सङ्घहरूलाई बजार क्षेत्रमा रहेका संरचना हटाउने कममा आवश्यक सहजीकरण गर्न आग्रह समेत गरेको छ ।

सडक निर्माण कार्यका लागि २०७९ फागुन २६ मा समानान्तर–ए लाइट जेभी काठमाडौँ मार्फत एक अर्ब ५० करोडको लागतमा सडक स्तरोन्नतिको काम भइरहेको छ ।

रुरुक्षेत्र गाउँपालिकाको रिडीदेखि गुल्मी दरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडक खण्डमा आउँदो फागुन महिनासम्म कालोपत्रे गर्ने काम सकिने मदनभण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका सूचना अधिकारी एवं इन्जिनियर हुमनाथ पौडेलले जानकारी दिएका छन् ।

रिडी–तम्घास सडक जिल्लाको सबै भन्दा पुरानो सडक अन्तर्गत पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?