ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

रामग्राम स्तुपामा नगरपालिका र परियोजना प्रतिनिधि बिच छलफल 

२२ कार्तिक २०८२, शनिबार
२२ कार्तिक २०८२, शनिबार

सुनवल, २२ कार्तिक ।

रामग्रामका विभिन्न पूर्वाधार विकासमा सहयोग गर्दै आएको दातृ निकाय विश्व बैङ्कले रामग्राम स्तूप क्षेत्रको प्रवर्द्धनमा चासो देखाएको छ ।

स्थानीय स्तरमा रोजगारी सृजना र स्तूपको विकास र प्रवर्द्धनका लागि आवश्यक न्यूनतम आवश्यकताको परिपूर्ति गर्ने गरी विश्वबैंकले चासो देखाएको हो ।

बृहत् लुम्बिनी क्षेत्र विकास आयोजना (जिएलएडी) अन्तर्गत रामग्राम स्तूपा सहित बुद्ध स्थलको प्रवर्द्धन र रोजगारी सृजनाको सन्दर्भमा विश्वबैंकको परियोजना टोलीले रामग्रामका जनप्रतिनिधि सहित सरोकारवाला संग छलफल गरेको छ ।

रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवको अध्यक्षतामा भएको छलफलमा ग्रेटर लुम्बिनी एरिया डेभलपमेन्ट प्रोजेक्टका टास्क टिम लिडर ईल्याड शेनफेल्डले रामग्राममा पर्यटकलाई बढी भन्दा बढी समय बिताउन गर्नुपर्ने कार्यका विषयमा छलफल गरेका थिए ।

सो क्रममा नगर प्रमुख यादवले नगरपालिकाले पनि स्तुपाको प्रवर्द्धनका विभिन्न कार्यक्रम सुरुवात गरेको र पर्यटकको बसाइँ लम्ब्याउन ध्यान केन्द्र र आवास निर्माणको आवश्यकता रहेकोमा जोड दिए ।

स्थानीयलाई पर्यटक केन्द्रित गरेर स्थानीय उत्पादनको बिक्री वितरणमा सहभागी गराउन आवश्यक रहेकोमा पनि उनले जोड दिए । सो क्रममा विश्व बैङ्कको परियोजना टोलीले रामग्रामको आवश्यकता र पर्यटकको चाहना तथा न्यूनतम पूर्वाधार निर्माणको विषयमा चासो राखेको थियो ।

सो विषयमा दुवै पक्षले आन्तरिक तयारी गरेर आवश्यक योजना निर्माण गरी परियोजना सञ्चालन गर्ने गरी आजको छलफल सकिएको प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले जानकारी दिए ।

रामग्राम स्तुपा सहित बुद्ध सँग सम्बन्धित पर्यटकीय स्थलमा पर्यटक बढीभन्दा बढी भित्र्याउने र स्थानीयलाई उद्यमी बनाउने उद्देश्यले विश्व बैङ्कले सङ्घीय सरकारको बृहत् लुम्बिनी क्षेत्र विकास आयोजनामा लगानी गर्दै छ ।

जसका लागि स्थानीय तहका सरोकारबालाबिच छलफल हुँदै आएको छ । यसअघि पहिलो चरणमा भएको छलफलमा उद्योगी व्यवसायी, पत्रकार, विभिन्न सङ्घ संस्थाका प्रमुख, जनप्रतिनिधि लगायत सरोकारवालाहरूले पर्यटन प्रर्वद्धन सँगै स्थानीय स्तरमा कसरी उद्यम सृजना गर्न सकिन्छ भन्ने विषयमा सुझाव प्रस्तुत गरेका थिए ।

पर्यटकलाई रामग्राम स्तुपा लगायतका क्षेत्रमा कसरी बढी समय व्यथित गर्ने वातावरण बनाउने र स्थानीय उत्पादनको पनि प्रवर्द्धन हुन सकोस् भन्ने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको रामग्राम नगरपालिकाका प्रशासकीय अधिकृत खेमराज ढकालले बताए ।

सरकारले गौतम बुद्ध जन्मिएको स्थान लुम्बिनीलाई ‘बृहत् लुम्बिनी विकास’ नामको नयाँ योजनासहित लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तु, देवदह र रामग्राम नगरपालिकाको बृहत्तर विकासका लागि परियोजना सञ्चालन गर्न लागेको हो । रामग्राम स्तूप गौतम बुद्धको एक मात्र सिङ्गो अस्थीधातु सुरक्षित रहेको स्थल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?