ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

प्रधानमन्त्रीलाई व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही होस्

२२ कार्तिक २०८२, शनिबार
२२ कार्तिक २०८२, शनिबार

काठमाडौँ ।

नेपाल उद्योग वाणिज्य महासंघले हालका आन्दोलन र तोडफोडका घटनाबाट निजी क्षेत्र गम्भीर रूपमा प्रभावित भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई उद्योगी–व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह गरेको छ।

महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित उच्च सरकारी अधिकारीहरूलाई बोलाइएको थियो।

कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले भने, ‘यसपटकको आन्दोलनमा निजी क्षेत्र बढी आहात भएको छ। जसो तसो जोहो गरेर, ऋण गरेर उद्यमीले लगानी गरेको हुन्छ। राजस्व क्षेत्रमा योगदान पुर्‍याएको हुन्छ, रोजगारी सिर्जना गरेको हुन्छ। तर पनि उद्योगी व्यवसायीका शयनकक्षसम्म लुटपाट भएको छ, व्यापार व्यवसायमा आगो लागेको छ।’

ढकालले यस्तो अवस्थाले सबैलाई आत्मपरीक्षण गर्न बाध्य पारेको बताए। ‘यो घटनाले सबैले आफैले आफैलाई फर्केर हेर्न बाध्य पारेको छ। हामी पनि फर्केर हेर्दै छौं, हामी कहाँ चुक्यौं अनि समाज कहाँ चुक्यो,’ उनले भने।

्नाफा कमाउने कार्यलाई अपराधको रूपमा चित्रण गर्नु गलत भएको बताउँदै ढकालले के त्यो अपराध हो भनेर प्रश्न समेत गरे। ‘नाफा आर्जन गर्नु नै अपराधको रूपमा चित्रित हुँदै आएको छ,’ उनको प्रश्न छ, ‘तर व्यवसायीको उद्देश्य सेवा दिएर नाफा कमाउनु हो। के रोजगारी सिर्जना गर्नु, राजस्व बुझाउनु र राज्यका लागि महत्वपूर्ण काम होइन र?’

ढकालले जेनजी आन्दोलनका बेला आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरे। ‘यदि यस्ता कार्यमा संलग्नमाथि कानूनी कारबाही भएन भने दण्डहीनता मौलाउनेछ। कुनै पनि नाममा यसलाई प्रशय दिनु हुँदैन,’ उनले भने।

उनले थपे, ‘लुटपाट, आगजनीमा संलग्नलाई कारबाही गरी यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रको मनोबल बढाएर काम गर्नु आवश्यक छ। यसमा सरकारले कुनै पनि कसर बाँकी राख्नु हुँदैन।’

ढकालले करिब ७ वर्षदेखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाइन सम्बन्धी समस्या समाधानमा प्रधानमन्त्रीको पहलको प्रशंसा गर्दै भने, ‘करिब सात वर्षदेखिको विवाद समाधानका लागि प्रधानमन्त्रीले गरेको प्रयास प्रशंसनीय छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?