© २०२३
काठमाडौँ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।
आइतबार साढे ११ बजे बस्ने तय भएको बैठक नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्व मन्त्री एवं रौतहटका पूर्व जिल्ला सभापति मोहम्मद आफ्ताव आलमको निधनका कारण स्थगित गरिएको हो।
उनको निधनपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोकका कार्यक्रम घोषणा गर्दै बैठक २५ गते दिउँसो ११ः३० बजेसम्मलाई सारेको हो।
लामो समयदेखि जारी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने र त्यो चुनावअघि गर्ने कि चुनावपछि भन्ने विषयमा छलफल चलिरहेको छ। यसबारे साझा मत बन्न नसक्दा बैठक लम्बिएको हो।