ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

महिलाहरुको आम्दानी बन्दै हस्तकलाको सामग्री

२२ कार्तिक २०८२, शनिबार
२२ कार्तिक २०८२, शनिबार

बुटवल, २२ कार्तिक ।

पाल्पा तिनाउ गाउँपालिका–१, आर्खोट्डीकी सुसिला सुनारी सबेरै उठ्छिन् । घरको कामको माजो सक्छिन् । परिवारसँगै खाना खान्छिन् ।

अनि लाग्छिन् आर्खोट्डी मगर भेजा समाजको भवनमा । जहाँ उनी हस्तकलाका सामग्री उत्पादन गर्छिन् । चार वर्ष अघि लिएको तालिम उनलाई अहिले धेरै उपयोगी भएको छ । थाकलको पातबाट विभिन्न सामग्री उत्पादनमा उनी दिदीबहिनीसँग दिन बिताउँछिन् ।

यता रेमकला पुनमगर पनि घरको काम सकेर समाज भवनमा समयमा पुग्छिन् । घरको खाली समयलाई सदुपयोग गर्दै उनी टोपी, झोला, चप्पल, पर्स, ह्याडब्याग जस्ता सामग्रीहरू बनाउँछिन् ।

वैशाख ताका सिजनमा जङ्गलमा थाकल टिप्ने र त्यसलाई प्रशोधन गरी हस्तकलाका सामग्री उत्पादन गर्ने गरेका हुन । सिलाईकटाईको तालिम लिएकी उनी घरमा । पुराना र उध्रिएका कपडा सिउँथिन । धेरै थोरै आम्दानी भएको थियो ।

उनको त्यही सीप अहिले हस्तकलाको सामग्री उत्पादनमा उपयोगी भएको छ । एक हप्ताको तालिमसँगै उनी टोपी, ब्यागजस्ता सामाग्री बनाउन सक्षम भइन । समूहमा बसेर एक वर्षदेखि उत्पादन सुरु भएको हो । आगामी दिनमा टपरी बुन्ने, मकैको पोस्कर बनाउने जस्ता तालिमहरू तयार गर्न आफूहरू इच्छिुक रहेको उनले बत्ताइन् ।

वन पैदावर अनुदानमा आधारमा कार्यक्रम डिजिएमको प्राविधिक र आर्थिक सहयोगमा तालिम दिएर महिला सशक्तिकरणको पाटोमा महत्त्वपूर्ण काम भएको आर्खोट्डी मगर भेजा अध्यक्ष यमानसिह चिदिले बताए ।

मिचाहा जातिको प्रजातिमा पर्ने थाकलको पातलाई प्रशोधन गरी सामग्रीबाट उत्पादन गरिँदै आएको उनी बताउँछन् । ‘जेठ/असारमा पात टिक्ने गरिन्छ,’–उनले भने । सङ्कलन भएका पातलाई सुकाउने, आवश्यकता अनुसार रंगरोगन गर्ने पुनः सुकाउने काम हुन्छ ।

जसलाई करिब २–३ दिन सुकाउने गरिन्छ । सुकेको पातलाई आवश्यकता अनुसार रङ्ग लगाउने र पुन सकाउने र फेरि एउटा रोल गर्ने गरिन्छ । यसबाट नै विभिन्न उत्पादनहरू तयार गरिन्छ । यसरी तयार भएको कच्चा पदार्थ स्टोर गरेर राखिन्छ ।

‘बजारमा माग अनुसार हस्तकलाका सामग्रीहरू उत्पादन गरिन्छ,’– उनले भने । टोपी, झोला, चप्पल, पर्स, ह्याडब्याग लगायत उत्पादन हुन्छ । थोरै लगानी र मेहनतमा आयआर्जन गर्न सकिने हुँदा पनि महिलाहरूलाई सहज भएको उनी बताउँछन् ।

सहरमा क्षेत्रमा हुने प्रदर्शनी, मेला र संघसंस्थाहरूको साधारण सभामा समेत उनी यी सामग्री प्रदर्शनका लागि लैजाने गर्छन् । गाउँपालिकाबाट समेत सहयोग हुँदा धेरै मद्दत मिलेको उनी बताउँछन् । समाजमा आबद्ध करिब दुई दर्जन महिला दिदीबहिनीहरू आबद्ध छन् ।

वार्षिक रूपमा १५-२००० थान सामग्री उत्पादन हुने गरेको उनी बताउँछन् । यस्ता उत्पादन नेपालभन्दा बाहिरी देशहरूमा माग रहेको भए पनि त्यो सक्न सकिएको छैन र ठुलो मात्रामा उत्पादन गर्न सके यसलाई पर्यटकीय देशहरू थाइल्यान्ड जस्तामा बिक्री वितरण गर्न सकिने सम्भावना रहेको छ । कोशेलीघर निर्माण गर्न सके थप मद्दत मिल्ने उनी बताउँछन् ।

यता रानीढुगा सामुदायिक वन उपभोक्ता समूहका सहसचिव दुर्गा पुनले गाउँमा पाइने थाकल टिपेर आयआर्जन गर्न सफल भएको बताए । वनबाट दिगो रूपमा सङ्कलन गर्न सकिने थाकल, निगालो जस्ता गैर काष्ठ बनौटी पदार्थहरूलाई उचित रूपमा उपयोग गर्न सके गाउँका महिलाले घरमै बसेर राम्रो आम्दानी गर्न सकिने अवस्था छ ।

पहिले थाकलको प्रयोग थोरै मात्रामा सीमित थियो, तर अहिले प्रशिक्षण र बजार पहुँच विस्तारसँगै महिलाहरूले सङ्कलन, प्रशोधन र बिक्रीमार्फत नियमित आम्दानी गर्न थालेका उनी बताउँछन् ।

यसले महिलाको आर्थिक सशक्तीकरणसँगै वनबाट दिगो उपयोग र संरक्षणको भावना पनि बढिरहेको पुनको भनाइ छ । आर्खोट्डीमा ५० टोलधुरी रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?