Butwal Today

रन-वेको लाइट बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडान अस्तव्यस्त

२२ कार्तिक २०८२, शनिबार
अ+
अ-

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन-वेमा विद्युतीय अवरोधका कारण आन्तरिक तथा वाह्य उडान अस्तव्यस्त भएको छ । यो समस्या झण्डै २ घण्टादेखि निम्तिएको हो ।

विमानस्थल सुरक्षा स्रोतका अनुसार रनवेको फ्याल्स लाइट बिग्रिँदा विमानस्थल बन्द भएको छ । जसले उडान र अवतरण दुवै प्रभावित बनेको हो ।

स्रोतका अनुसार विमानस्थलको edge light मा समस्या आएको हो । यो लाइट रनवेका दुवै छेउमा राखिएका हुन्छन्, जसले कम दृश्यता (Low Visibility) का समयमा पनि विमानलाई रनवेको सीमाना देखाउन र सुरक्षित रूपमा अवतरण गर्न मार्गदर्शन गर्छ।

अन्तर्राष्ट्रिय जहाजहरू डाइभर्ट गराइएको छ । साथै आन्तरिक उडान पनि ल्याण्ड गराउन नसकेर फर्काइएको छ । प्राविधिक मर्मत कार्यमा जुटिरहेको बताइएको छ ।