Butwal Today

अवैधरुपमा ढुङ्गा उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा 

२१ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

दाङ,२१ कार्तिक । 

दाङमा खोलाबाट अवैधरुपमा ढुङ्गा  उत्खनन गरिरहेको अवस्थामा तीन वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले पश्चिम दाङको बबई गाउँपालिका–४ स्थित राजी खहरे खोलाबाट अवैधरुपमा ढुङ्गा  उत्खनन गरिरहेको अवस्थामा तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय खिलतपुरले एउटा अन्टेष्ट र इलाका प्रहरी कार्यालय हापुरेले रा १ त २८१५ र रा १ त ४४८३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका ट्याक्टरबाट प्रति ट्याक्टर १० हजार रुपैयाँका दरले जरिवाना असुल गरि ट्याक्टर सम्बन्धित व्यक्तिलाई बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।