© २०२३
काठमान्डौ, २१ कार्तिक ।
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा सम्पन्न भएको छ । बैठकमा राष्ट्रिय सभाले आगामी समयमा सम्पादन गर्नु पर्ने कार्यहरूबारे विस्तृत छलफल गरेको छ ।
स्रोतका अनुसार बैठकमा अघिल्लो अधिवेशनको समीक्षा गरिएको थियो । साथै, राष्ट्रिय सभाको दुईवर्षे पुस्तक प्रकाशन, विभिन्न समितिहरूका काम–कारबाही र विधेयकहरूको वर्तमान अवस्था सम्बन्धी विषयमा पनि छलफल भएको जानकारी प्राप्त भएको छ ।
बैठकले आगामी कार्यतालिका र प्राथमिकताबारे परामर्श गर्दै आवश्यक सुझावहरू संकलन गर्ने उद्देश्य राखेको बताइएको छ ।