© २०२३
काठमान्डौ, २१ कार्तिक ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपत्यकामा आफ्ना निकट जिल्ला सभापतिहरूसँग बैठक गर्दै पार्टीभित्रको पछिल्लो विवाद र आगामी रणनीतिबारे छलफल गरेका छन् ।
विशाल नगरस्थित आफ्नो सम्पर्क कार्यालयमा आयोजित बैठकमा जिल्ला सभापतिहरूसँगै जिल्लाका पूर्वसभापति, प्रदेश कार्यसमितिका पदाधिकारी र केही केन्द्रीय सदस्यहरू पनि सहभागी थिए ।
केन्द्रीय सदस्य प्रा.डा. गोविन्द पोखरेलका अनुसार छलफलमा नेता कोइरालाले पार्टीको नियमित महाधिवेशन आगामी निर्वाचनअघि हुनुपर्ने पक्षमा आफ्नो स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन् ।
बैठकमा पार्टीभित्रको एकता, रणनीति निर्धारण र आगामी निर्वाचन तयारीबारे व्यापक विचारविमर्श भएको बताइएको छ ।