दाङ ,२१ कात्तिक ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो अबस्थाको बारेमा जिल्लाका सरोकारवालाई पदाधिकारीले जानकारी दिएका छन । नर्सिङ आन्दोलन, आर्थिक अबस्था लगायत प्रतिष्ठानले हालसम्म गरेका प्रगति बिबरणका बारेमा रजिस्ट्रार प्रा. श्याम लम्सालले सिनेट सदस्यहरु, दाङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलाई जानकारी दिदै अस्पतालको सेवा थप चुस्त दुरुस्त बनाउदै गुनासो नआउने गरि काम अघि बढाईएको बताए । बिरामीको सेवामा कुनै खालको अबरोध नरहने प्रतिष्ठानका रजिस्ट्रार लम्सालले बताए ।
रजिस्ट्रार लम्सालले प्रतिष्ठानको वर्तमान अवस्था बारे आकस्मिक् बैठकको आयोजना गरेर ४ अर्बको बजेटमा निर्माण हुने ४ सय सैयाको अस्पताल भबनको प्रगति बिबरण बारे पनि सुनाएका थिए । त्यस्तै घोराही उपमहानगरपालिका -१८ नवलपुरको जग्गा अस्पताल मातहत ल्याउन अहिले स्वास्थ्य मन्त्रालय हुँदै मन्त्रीपरिषदमा लैजाने गरि तयारी पनि भइरहेको रजिस्ट्रार लम्सालले बताए ।
बैठकले प्रतिष्ठानका सेवा सुविधा अझ सुदृढ र थप गर्ने, अनाधिकृत रूपमा बनेका संरचना व्यवस्थापन गर्ने दीर्घकालिन रणनीति बनाउने, म्याद सकिएर पनि खाली नगरेका घर जग्गा भाडा तत्काल खाली गराउने निर्णय गरेको प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्राडा जनार्दन पन्थिले जानकारी दिए ।
बैठकमा सिनेट सदस्य बलिभद्र राना, सिनेट सभाका पदेन सदस्य घोराहीका नगर प्रमुख नरुलाल चौधरी, जिल्ला समन्वय समिति दाङका संयोजक नित्यानन्द शर्मा, सिनेट सदस्यहरु यमुना थापा, सुदिप गौतम, प्रमुख जिल्ला अधिकारी बिश्व अर्याल, जिल्ला प्रहरी प्रमुख दिपक श्रेष्ठ, अस्पतालका निमित्त निर्देशक प्राडा जनार्दन पन्थी, सह- निर्देशक डा. सुरेश रसाईली लगायतको सहभागिता थियो ।