© २०२३
काठमान्डौ, २१ कार्तिक ।
नेकपा एमाले प्रवेशको तयारीमा रहेकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एकीकृत समाजवादीबाट आफूविरुद्ध गरिएको कारबाहीप्रति तीखो टिप्पणी गरेकी छन् ।
पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै झाँक्रीले लेखेकी छन्, “आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने, कमरेड ।”
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिदै उनले थप लेखेकी छिन्– “केही अर्थ छ र अब पनि कारबाहीको रुलोकले के भन्ला भन्ने पनि लागेन र ? तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने जिम्मेदारीमा बसेर काम गर्नु भयो । यो अन्तिम घटनाले तपाईँको इतिहासलाई फेरी बल्झायो ।”
झाँक्रीले थप भनेकी छिन्– “जिन्दगीमा के लानु छ कमरेड ? समाज र देशको लागि जीवन जवानी अर्पण गरेको व्यक्तिले । लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पसलमा पुग्दा बोल्ने दुई जना मान्छे । आफ्नै मलामी त कसले पो देख्छ र ? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि । बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना । तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो । मैले यसरी सधैँ सम्झने छु ।”
