© २०२३
काठमान्डौ, २१ कार्तिक ।
प्रधानमन्त्री सुशीला कार्कीले नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी छन् । उनले नाम दर्ता गर्न तोकिएको म्याद अब नौ दिन मात्र बाँकी रहेको स्मरण गराउँदै समयमै दर्ता गर्न आग्रह गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले शुक्रबार सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “तपाईंको मत नै तपाईंको आवाज हो । मतदाता परिचयपत्र दर्ता गर्न अब मात्र ९ दिन बाँकी ।”
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यतालिका निर्धारण गरेको छ ।