ट्रेंडिंग:

>> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास

बेसहाराका लागि प्रहरीको सक्रियता

२१ कार्तिक २०८२, शुक्रबार
२१ कार्तिक २०८२, शुक्रबार

सल्यान, २१ कार्तिक ।

सल्यानमा नेपाल प्रहरीको नेतृत्वमा गरिब र बेसहारा परिवारका लागि घर तथा सार्वजनिक संरचना निर्माण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले अपराध नियन्त्रण, शान्ति, सुरक्षाका जिम्मेवारीसँगै आवासविहीन, जीर्ण आवास भएकाहरूको नयाँ आवास निर्माण, विद्यालय, पुल निर्माण तथा सडक मर्मत सम्भार जस्ता सामाजिक कामलाई पनि प्राथमिकता दिएको हो ।

हालसम्म गरिब र बेसहारा परिवारका लागि चार वटा घर, विभिन्न नदी तथा खोलाहरूमा सात वटा काठे पुल निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले बुटवल टुडेलाई जानकारी गराए ।

यसका साथै शारदा नगरपालिकामा सामुदायीक विद्यालयको जीर्ण भवन भत्काएर नयाँ निर्माण भइरहेको र अर्को एक विद्यालय भवन पनि निर्माण कार्य तत्काल सुरु गरिने उनको भनाई छ । यस अघि प्रहरी नायब उपरीक्षक केसीको नेतृत्वमा जिल्लाका विभिन्न क्षेत्रमा जोखिमयुक्त ३५ किलोमिटर बढी सडक मर्मत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार बनगाड कुपिण्डे नगरपालिका–९ ठन्डारामा बेसहारा ७६ वर्षीया वृद्धा अमृता परियारको घर उद्घाटन गरिएको छ । ३५ वर्षकै उमेरमा श्रीमान् र दुई छोरा गुमाएकी परियारले जङ्गलको बिचमा खरको घरमा एक्लै जीवन बिताउँदै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय सल्यान र समाजसेवी मधुसूदन सिजवालको सहकार्यमा नयाँ घर निर्माण भएपछि ८६ वर्षीय बिजुलीप्रसाद सेजवालले उद्घाटन गरेका थिए । यसअघि बनगाड कुपिन्डे नगरपालिका–९ रातामाटाकी ५९ वर्षीया भगी विकको नयाँ घर पनि निर्माण गरिएको थियो ।

गत असोज ४ गते साँझ अचानक आगलागीमा परेर उनको घर खरानी भएको थियो । भात पकाउँदै गरेकी भगी र आँगनमा बसेका श्रीमान् ढोले विक छिनभरमै बेसहारा बनेका थिए । छोरा नभएका र चार छोरी विवाह गरेर गएकाले उनीहरूलाई संरक्षकको अभाव थियो ।

तर, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक डा. केसीको नेतृत्वमा प्रहरी, स्थानीय सरकार र समुदायले भत्किएकै ठाउँमा नयाँ घर निर्माण गरिदिएका थिए । बागचौर नगरपालिका–८ की ८० वर्षीया एकल महिला नोखा भण्डारीको चर्किएको र जोखिमपूर्ण घर पनि प्रहरीकै नेतृत्वमा नयाँ बनाइएको छ ।

नेपाल प्रहरी कानुन कार्यान्वयन र अपराध नियन्त्रणमा मात्रै सीमित हुने संस्था नभएको भन्दै डा. केसीले नागरिकको सुख दुःखमा प्रहरीले हातेमालो गर्ने बताए । उनले स्थानीय सामग्रीहरूको अधिकतम प्रयोग गरेर भौतिक संरचना निर्माण गरिएको पनि बताए ।

शारदा नगरपालिका– ११ तल्लो स्यालास्थित बाल कल्याण आधारभूत विद्यालयको नयाँ ५ कोठे भवन निर्माणको काममा पनि दैनिक ५० जना प्रहरी जनशक्ति खटिरहेको केसीले जानकारी दिए ।

यो विद्यालय भवन निर्माणमा शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारी पनि खटिरहेका छन् । अभियानमा मेयर भण्डारी र प्रहरी प्रमुख डा. केसी स्वयंले ढुङ्गा बोक्ने, ट्याक्टर चलाउने र ढुङ्गा फाल्ने कार्यमा सहभागी भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले लागू औषध नियन्त्रणका लागि पनि विशेष अपरेसन चलाइएको जनाएको छ । लागू औषध बेचबिखन, ओसारपसार वा सेवनमा संलग्नहरूमाथि र अन्य अपराध नियन्त्रणका लागि कडाइका साथ लागेको सल्यान प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?