ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न

२१ कार्तिक २०८२, शुक्रबार
२१ कार्तिक २०८२, शुक्रबार

बुटवल, २१ कात्तिक ।

मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीको २६औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभा नेपाल पत्रकार महासंघ रुपन्देहीको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख वक्ता तथा शान्ति समाजका पूर्व केन्द्रीय सभापति गोविन्द खनालले जेन्जी आन्दोलनका क्रममा भदौ २३ गते राज्यद्वारा निहत्था बालबालिकामाथि भएको बर्बर हत्या र भदौ २४ गते अराजक तथा आपराधिक समूहद्वारा व्यक्तिगत र सार्वजनिक सम्पत्तिमाथि गरिएको आगजनी, तोडफोड र कुटपिटका घटनाप्रति गहिरो दुःख व्यक्त गरे । उनले ती घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न माग गर्दै फागुन २१ मा हुने भनिएको निर्वाचनका लागि अझै पनि विश्वसनीय वातावरण तयार नभएको बताए । साथै, समयमै निर्वाचन सम्पन्न गरी देशलाई अन्धकारतर्फ जानबाट जोगाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रमका पर्यवेक्षक तथा शान्ति समाजका केन्द्रीय महासचिव प्रकाश शाहीले शान्ति समाजले विगतमा देश र कालपरिस्थितिको विश्लेषण गर्दै राजनीतिक दल र नेताहरूलाइ समयमै सचेत हुन आग्रह गरेको तर त्यसलाई बेवास्ता गर्दा देशमा अकल्पनीय अवस्था सिर्जना भएको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले मुलुक अझै पनि जटिल अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै राष्ट्रिय चुनौती समाधानमा शान्ति समाजको भूमिका अत्यावश्यक रहेको बताए ।

शान्ति समाजका केन्द्रीय सचिव डीपी खनालले देशलाई संकटबाट निकाल्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले मानव अधिकार उल्लंघन गर्ने र लोकतन्त्र विरोधी तत्वलाई निषेध गर्नुपर्ने धारणा राखे ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका प्रमुख सन्तोष आचार्यले मानव अधिकारको संरक्षणका लागि शान्ति समाजले खेलेको सक्रिय भूमिकाको प्रशंसा गर्दै आयोग सधैं सहयोगी रहिरहने बताए ।

बार एशोसिएसन बुटवलका अध्यक्ष गोविन्द मरासिनीले नागरिकहरूले अधिकारका साथै कर्तव्यको पाठ पनि सिक्नुपर्नेमा जोड दिए ।

साधारणसभामा शान्ति समाजका केन्द्रीय सदस्य लालहरि पाण्डे, पूर्व सभापति कृष्ण पराजुली, निवर्तमान सभापति कृष्ण भट्टराई, संस्थापक सभापति महेन्द्र थापा, सुर्खेत सभापति दीपक गौतम, रिपोर्टर्स क्लब लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्री, स्वयंसेवी रक्तदाता रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, जिल्ला सदस्य सीता पौडेल लगायतले शान्ति समाजको सक्रियता अझै सान्दर्भिक र आवश्यक रहेको उल्लेख गरे ।

जिल्ला सभापति अर्जुन ज्ञवालीले देशको वर्तमान संकट समाधानका लागि नागरिक आकांक्षा, स्वतन्त्रता र सर्वोच्चतालाई इमानदारीपूर्वक आत्मसात गर्दै सबै पक्षले योगदान गर्नुपर्नेमा जोड दिए । उनले हिंसात्मक गतिविधि रोक्न, मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सामाजिक सद्भाव र सहिष्णुता प्रवद्र्धनमा सबै एकताबद्ध हुनुपर्ने बताए ।

साधारणसभामा उपसभापति कृष्ण पाण्डे, सचिव लिलाधर लुइटेल लगायतले पनि बोलेका थिए । कार्यक्रममा सभापति ज्ञवालीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष मोहनिलाल न्यौपानेले प्रस्तुत गरेको लेखा प्रतिवेदन छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको थियो ।

कार्यक्रममा शान्ति समाजका सदस्यहरू, सञ्चारकर्मी, व्यवसायिक संस्था, नागरिक अगुवा तथा अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?