© २०२३
काठमान्डौ, २१ कार्तिक ।
एक महिनाभन्दा लामो विदेश भ्रमणपछि नेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ । टोलीलाई खेलकुद मन्त्री बब्लु गुप्ता, क्यान सचिव पारस खड्का लगायतले स्वागत गरेका थिए ।
नेपाली टोली असोजको दोस्रो साता युएई पुगेको थियो । त्यहाँ वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेलेको थियो । पहिलो दुई खेल जितेको नेपालले अन्तिम खेल भने गुमाए पनि सिरिजमा विजय हासिल गर्न सफल भयो ।
त्यसपछि टोली ओमान प्रस्थान गर्यो, जहाँ आइसिसी टी–२० विश्वकप २०२६ को एसिया छनोट प्रतियोगितामा सहभागी भयो । नेपाल अपराजित रहँदै सुपर सिक्स र समूह चरणमा पाँच खेल जितेर विश्वकप स्थान सुनिश्चित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भयो ।
प्रतियोगिता सकिएपछि नेपाली टोली पुनः युएई फर्कियो । त्यहाँ उनीहरूले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र घरेलु टोली युएईसँग दुई–दुई खेल खेलेका थिए। ती खेलमा नेपालले पराजय भोग्नुपरेको थियो ।
लिग–२ प्रतियोगिता पूरा गरेर नेपाली टोली स्वदेश फर्किएको हो ।