Butwal Today

निर्वाचन नगरी संविधान कार्यान्वयन सम्भव छैन – रास्वपा

२१ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ, २१ कात्तिक ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन अनिवार्य भएको जनाएको छ । चितवनको सौराहामा शुक्रबारदेखि सुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा निर्वाचनको आवश्यकता र सरकारको जिम्मेवारीबारे जोड दिइएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘दलीय व्यवस्थामा विशेष परिस्थितिका कारण गैर-दलीय सरकार बनेको छ । निर्वाचन गराउने मूल दायित्व बोकेको सरकारले चुनावी वातावरण निर्माणमा निरन्तर सचेत र खबरदारी गर्नुपर्ने छ ।’

उनका अनुसार संविधानलाई कार्यान्वयनको ट्रयाकमा ल्याउन निर्वाचन अपरिहार्य छ । ‘लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास राख्ने राजनीतिक दललाई पनि चुनावप्रति प्रतिबद्ध हुन प्रोत्साहित गर्न आवश्यक छ,’ उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।