ट्रेंडिंग:

>> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण
लुम्बिनी प्रादेशिक अस्पताल

दुई सिफ्ट सञ्चालनमा ढिलाइ नहोस् 

२१ कार्तिक २०८२, शुक्रबार
२१ कार्तिक २०८२, शुक्रबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

लुम्बिनी प्रदेश सरकार मातहत रहेको यो अस्पताललाई अव ढिलाइ नगरी दुई सिफ्टमा सञ्चालन गर्नेतर्फ अस्पताल प्रशासनको अविलम्ब ध्यानाकर्षण होस् । त्यसै पनि यो अस्पतालमा सेवाग्राहीको चाप हरेक दिन बढिरहेको छ ।

दैनिक १५ सयदेखि दुई हजार बिरामीको उपचार गर्नु त्यति सहज अवश्य छैन । तसर्थ अस्पताल दुई सिफ्टमा सञ्चालन भयो भने त्यसले एकातर्फ बिरामीको चाप पनि हलुका हुने र अस्पताललाई सेवा प्रवाह गर्न पनि सहज हुने विश्वास गर्न सकिन्छ । यो विषयमा अस्पतालको नेतृत्व गरिरहेका पदाधिकारीको ध्यान अवश्य पुगेको हुनुपर्छ । अर्कोतर्फ अस्पतालले धेरै प्रकारको सेवा विस्तार गरिरहेको छ ।

त्यसका लागि अस्पताल प्रशासन धन्यवादको पात्र छ । दैनिक सयौँ बिरामीको सेवालाई सहज बनाउनु चुनौतीकै विषय हो । त्यसमाथि सेवा विस्तार गर्दै जानु स्वागतयोग्य काम हो । केही दिनअघि बिमा सेवाको लागि थप काउन्टरको व्यवस्था गरिएको छ ।

मुटुका बिरामीका लागि अलग्गै उपचार सेवाको प्रबन्ध भएको छ । सरकारी अस्पताल हो सेवा प्रवाहमा ढिलाइ भएको अवश्य हुनसक्छ तर भएको सेवालाई सहज र सुलभ बनाउनु पनि महत्त्वपूर्ण कुरा हो ।

अतः अबको दिनमा मुख्यमन्त्री आचार्यले भनेजस्तै प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएको र समस्या समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्नेतर्फ अस्पताल प्रशासनको ध्यानाकर्षण हुनुपर्दछ ।

अव ढिलो नगरी अस्पतालको सेवा दुई सिफ्टमा सञ्चालनमा आएको सुन्न यस क्षेत्रका सेवाग्राही आतुर छन् । त्यसका लागि अस्पतालको नेतृत्व गरिरहेको व्यवस्थापन पक्ष तयार हुनु जरुरी छ । मुख्यमन्त्री आचार्यले अर्को महत्त्वपूर्ण कुरा पनि औँल्याउनु भएको छ ।

सरकारी अस्पतालबाट निजी अस्पतालमा रिफर गर्ने प्रथा बन्द गर्नुपर्छ । निश्चित रूपमा सरकारी अस्पतालमा यो मुख्य समस्याका रूपमा देखा परेको छ । गम्भीर प्रकृतिका बिरामीको उपचार सेवा नगरी बाहिर रिफर गरिदिने जुन समस्या छ, त्यो समाधान हुनैपर्दछ ।

लुम्बिनी प्रादेशिक अस्पतालले अव त्यो रोगको अन्त्य गरोस् । लुम्बिनी प्रादेशिक अस्पतालमै सबै सुविधा छ र जटिल रोग पनि निको हुन्छ भन्ने ग्यारेन्टी अस्पताल प्रशासनले बिरामी र तिनका आफन्तलाई गराउन सकोस् ।

यति भयो भने लुम्बिनी प्रादेशिक अस्पतालप्रतिको जनविश्वास अझै बढ्ने छ । निश्चित रूपमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल प्रदेशकै गौरव बन्ने अभियानमा रहेको विगत वर्षहरूयताका यसका गतिविधिले स्पष्ट गर्दै आएको कुरामा बिमती छैन ।

अस्पतालको नेतृत्व गर्ने व्यवस्थापन समिति र अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीहरूको ऐक्यबद्धता हुने हो भने अस्पतालको सुधारमा ठुलो मद्दत पुग्ने अस्पतालको स्वास्थ्य सेवामा आएको परिवर्तन उदाहरण वनेकै छ ।

त्यसै पनि यो अस्पताल नेपालकै ठुलो सरकारी अस्पताल बन्ने क्रममा अहिले निर्माणको काम भइरहेको छ । निर्माणको क्रमसँगै अस्पताललाई सुविधा सम्पन्न बनाउने अनि अस्पतालभित्र पूर्वाधार थप्दै जाने क्रम पनि चलिरहेको छ ।

सरकारी अस्पताल भन्ने बित्तिकै नाक खुम्च्याउने प्रवृत्ति कायमै छ तर यो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीले भने उपचारपछि अस्पतालको प्रशंसा गर्ने गरेको उदाहरण प्रशस्तै छन् ।

अव अस्पतालले आन्तरिक जनशक्ति व्यवस्थापनका साथै उपकरणको व्यवस्थापनमा ध्यान दिने हो र अस्पतालका चिकित्सकका साथै स्वास्थ्यकर्मीहरूले होस्टेमा हैँसे गर्ने हो भने यो अस्पताल हजारौँ बिरामीको आस्थाको केन्द्र बन्नेछ ।

त्यसै पनि सरकारी अस्पताल गरिब, विपन्न र पहुँच बाहिरका बिरामीको लागि आशा र भरोसाको केन्द्र हो । अव सरकारी अस्पतालको सुधारमा सरकारले नै प्राथमिकता दिनु जरुरी छ ।

प्रादेशिक अस्पतालमा अव ढिलो नगरी दुई सिफ्टको सेवासँगै त्यहाँ आएका बिरामीलाई थप उपचारका लागि अन्यत्र रिफर गर्ने प्रवृत्ति अन्त्य भयो भने यो अस्पताल लुम्बिनी प्रदेशकै आस्थाको धरोहर बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?