© २०२३
बुटवल, २१ कार्तिक ।
इलाका प्रहरी कार्यालय बुटवलले अबैध रूपमा ल्याउँदै गरेको ३१ थान आईफोन बरामद गरेको छ ।
प्रहरीका अनुसार गए राती साढे ९ बजेको समयमा जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका १५ सखुवानि स्थित सिद्धार्थ राजमार्गको सर्भिस लाइनमा बेवारिसे अवस्थामा झोला फेला पारी खोजतलास गर्दा ३१ थान विभिन्न मोडेलका आईफोनहरू फेला पारेको हो ।
प्रहरीका अनुसार फेला पारेको मोबाइलको मूल्य करिब १६ लाख ६५ हजार मूल्य बराबरको रहेको प्रहरी जनाएको छ । प्रहरीका अनुसार प्रहरीलाई देखेपछि झोला छोडेर भागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र रानाले बताए ।
रानाका अनुसार आवश्यक कागजपत्र नभएको मानिस सम्पर्कमा नआएको हुँदा आवश्यक कारबाहीका लागी भैरहवा भन्सार कार्यालय पठाइएको छ ।
त्यस्तै प्रहरीले अवैध रूपमा भन्सार चोरी तस्करी बाट नेपाल भित्राएको ९० हजार बराबरको सामान जिन्स पाइन्ट ९४ थान कुर्ता सेट, ८४ वटा सल १६ वटा, मोजा १०८ जोर, कुर्ता १६ बटा, गुल मन्जन ४८ पिस, केराउ २ बोरा गरी करिब ९० हजार बराबरको तस्करीको सामान समाउन सफल भएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले घर फोडेर सुनका गरगहना नगद चोरी गर्ने एक जनालाई पक्राउ गरी कारबाही सुरु गरेको छ ।
२०८२ ७ महिना १३ गते बुटवल ११ चन्द्र नगरमा रहेको चन्द्रकला रानाको घरमा भएको चोरीमा सङ्लन बुटवल उपमहानगरपालिका ७ बस्ने सुमल घलेलाई पक्राउ गरी सोधखोज गर्दा उनको साथ बाट चोरी गरेको सुनको झुम्का १ जोडी, सुनको हार १ थान, सुनको बाला १ थान, सुनको तिलहरी १ थान, सुनको मङ्गलसूत्र १ थान, मोबाइल १ थान, नगद रु।८० हजार बरामद गरेको प्रमुख इन्द्र रानाले बताए ।
चोरीमा सङ्लन घलेलाई चोरी अन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया सुरु भएको प्रहरीको भनाई छ ।