Butwal Today

तोलामा ६ सय बढ्यो सुन, चाँदीको कति ?

२१ कार्तिक २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, २१ कार्तिक ।

शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ थियो । त्यसअघि पनि सुन तोलामा ६ सय रुपैयाँले बढेको थियो । पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ ।

यसअघि असोज ३१ गते सुनको मूल्यले २ लाख ५८ हजार रुपैयाँको ऐतिहासिक रेकर्ड बनाएको थियो ।

चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २० रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदीको मूल्यले ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको थियो ।