ट्रेंडिंग:

>> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो

पुल बनाउने विषयमा तात्यो जेन्जी समूह

२१ कार्तिक २०८२, शुक्रबार
२१ कार्तिक २०८२, शुक्रबार

रोल्पा, २१ कार्तिक ।

जब–जब बर्सात सुरु हुन्छ तब रोल्पाको परिवर्तन गाउँपालिका वडा नं.३ बागमारामा रहेको पाछाबाङ खोलाको विषयले सामाजिक सञ्जाल तातिने गर्छ । यसको मुल कारण हो पाछावाङ खोला पुल निर्माणको विषय ।

यस विषयमा सरोकारवालाहरूको ध्यानाकर्षण गर्न परिवर्तन गाउँपालिकामा गठित जेन्जी समूहले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा बोल्ने वक्ताहरूले पाछावाङ खोलामा जसरी पनि पुल बन्नुपर्ने धारणा राखेका थिए ।

परिवर्तन गाउँपालिका–३ बागमारा प्रगतिशील ब्याडमिन्टन क्लबको हलमा उक्त अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो । लामो समय बितिसक्दा सम्म पक्की मोटरेबल पुल निर्माण हुन नसक्दा यस विषयले चर्चा पाउने गरेको छ ।

पुल निर्माण नहुनुको मुख्य कारण राजनीतिक खिचातानी भएको स्थानीयहरूको भनाइ छ । यसका साथै पुल निर्माणका लागी जग्गा धनीले जग्गा नदिनु पनि अर्को कारण भएको उनीहरूको भनाइ छ ।

यही विवादित विषयले पटक पटक विनियोजन भएको बजेट समेत काम नभई फिर्ता हुने गरेको बताइन्छ । यही विषयलाई मुख्य विषयवस्तु बनाएर जेन्जी समूहले उक्त अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको बताइएको छ ।

परिवर्तन गाउँपालिका वडा नं.३ बागमारा बजार पाछाबाङ खोला पुल निर्माणका लागि विभिन्न समयमा बजेट विनियोजन भए पनि कार्यान्वयन हुन नसकी बजेट फिर्ता हुनुको कारण के हो ? पुलको अभावमा स्थानीयहरूले झेल्नु परेका समस्याहरू के के हुन ?

चालू आर्थिक वर्षमा सङ्घीय सरकार र प्रदेश सरकार बाट के कति बजेट विनियोजन भएको हो ? पुल निर्माण कार्य अति आवश्यक हुँदा हुँदै पनि के कति कारणले ढिलाइ भइरहेको छ ? उक्त पुल निर्माणको क्रममा देखिने चुनौती सामु स्थानीय सरोकारवालाहरूको भूमिका के रहन्छ भन्ने विषयमा अन्तरक्रिया गरिएको थियोे ।

जेनजी समूह परिवर्तन गाउँपालिका संयोजक चुडामणि केसीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढामगर, परिवर्तन गाउँपालिका प्रवक्ता समेत रहेका वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बुढामगर, परिवर्तन गाउँपालिका–३ का वडाध्यक्ष खिमविक्रम चन्द रहेका थिए ।

अन्तर्क्रिया कार्यक्रमको अन्य अतिथिहरूमा परिवर्तन गाउँपालिका वडा नंं.वडा नं. ५ का वडाध्यक्ष दिलबहादुर वली, भुमे गाउँपालिका–९ रुकुम पूर्वका वडाध्यक्ष बिनोद बुढामगर, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, बुद्धिजीवी, व्यापारी लगायतको उपस्थित रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरूले जसरी पनि पुल निर्माण हुनुपर्ने धारणा राखेका थिए । बर्सातको समयमा पाछाबाङ खोला पुन नबन्दा स्थानीय जनता र यातायात व्यवसायीले लामो समय देखी समस्या भोग्नु परेको धारणा व्यक्त गरिएको थियो ।

चालु आर्थिक वर्ष सो पुल निर्माणका लागी सङ्घीय सरकारबाट ३ करोड बजेट विनियोजन भए पनि जेन्जी आन्दोलन पछि गठित सरकारले सो बजेट कटौती गरेको थियो । कटौती भएको बजेटलाई कटौती हुन नदिन पहल गर्न र पुल निर्माणका सर्वदलीय समिति समेत गठन भएको छ । पुल निर्माणका लागी करिब ८ करोड रकम बराबरको डिपिआर भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?