© २०२३
काठमान्डौ, २१ कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनको सौराहामा सुरु भएको छ । पार्टीको आगामी राजनीतिक रणनीति तय गर्ने उद्देश्यले आयोजित बैठकमा देशभरबाट पाँच सयभन्दा बढी प्रतिनिधिहरू सहभागी भएका छन् ।
बैठकको प्रारम्भिक सत्रमा कार्यवाहक सभापति डीपी अर्यालले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको प्रारम्भिक मस्यौदा प्रस्तुत गर्ने तयारी गरेका छन् ।
त्यसैगरी, बैठकमा सातै प्रदेशका सभापतिहरूले आफ्नो–आफ्नो प्रदेशभित्रका जिल्ला संगठनहरूको अवस्था, चुनौती र सुधारका सुझावबारे विस्तृत ब्रिफिङ गर्ने कार्यक्रम रहेको बताइएको छ ।